काठमान्डौ:नेपालि गीतसंगीतको सागरमा गित आउने क्रममा नेपाली लोक दोहोरी क्षेत्रमा लामो समय देखि निरन्तर लाग्दै आएका चर्चित लोकदोहोरी गायिका बिष्णु माझि र बिनय खत्रीको आवाज रहेको माधव खनालको उत्कृष्ट लोकदोहोरी गीत”मृत्यु सैया”सार्वजनिक भएको छ । चर्चित सर्जक नेत्र अर्याल र माधब खनालको सयुक्त्त शब्द सृजना र नेत्र अर्यालको लय रहेको गित शुभारम्भ डिजिटल म्युजिक प्रा.लिको युटुब च्यानलबाट सार्वजनिक भएको छ ।
भिडियो निर्देशन काजिश श्रेष्ठको रहेको छ सागर गौतमले छायांकन गरेका हुन् भने दिपक बिष्टले भिडियोको सम्पादन गरेका छन् । म्युजिक भिडियोमा आशा खडका र बिपेश घिमिरेको दमदार अभिनय रहेको छ ।
भिडियो हेर्नुहोस :