बजेट सरकारको एक आर्थिक बर्षको आय र ब्ययको अनुमानित विवरण हो । यो राज्यको आर्थिक, सामाजिक र राजनितिक दस्तावेज हो । बजेटलाई राज्यको वित्तिय ऐना पनि भनिन्छ ।
बजेट गत आर्थिक बर्षको समिक्षा, चालु आर्थिक बर्षको संसोधित अनुमान र आगामी आर्थिक बर्षको अनुमानित आम्दानी र खर्चको विवरण सहितको कानुनी दस्तावेज हो ।
यो कार्यकारीमाथि ब्यवस्थापकिय नियन्त्रणको संयन्त्र पनि हो । बजेटलाई आर्थिक नियन्त्रण, पारदर्शिता र सार्वजनिक कोष सदुपयोगको माध्यम पनि भनिन्छ ।
आर्थिक बृद्धि र विकास हासिल गर्न, स्रोत साधनको समुचित परिचालन गर्न, लाभको पुन वितरण तथा लोक कल्याण र सामाजिक सुरक्षामा लगानी गर्न बजेट अपरिहार्य मानिन्छ ।
यो मौलिक हक, राज्यको दायित्व र प्रतिबद्धता कार्यान्वयनको औजार पनि हो । यसलाई सरकारको प्रतिवद्धतापत्र र जनताको अधिकार पत्रको रुपमा समेत बुझ्न सकिन्छ । सरकारको नितिलाई मौद्रिक मुल्यमा रुपान्तरण गर्ने काम यसले गर्दछ ।
बजेटको प्रकार
क. विनियोजनको आधारमा
सरकारले रकम विनियोजन गर्ने प्रमुख ३ क्षेत्रका आधारमा बजेटलाई तिन भागमा बर्गिकरण गरिन्छ ।
१. साधारण वा चालु बजेटः उपभोग भएर जाने वा राज्य संचालनका लागि गर्नै पर्ने सालबसाली खर्चको प्रक्षेपण नै साधारण वा चालु बजेट हो । आ.व. २०७६।७७ को बजेटमा साधारण बजेट ६२.४ प्रतिशत रहेको छ । यस्तो खालको रकम स्थानान्तरण हुदैन ।
२. पुँजीगत वा विकास बजेटः पुँजी निर्माण गर्न वा सामाजिक आर्थिक विकास गर्न गरिने लगानीको आंकलननै पुँजीगत बजेट हो । यो आ.व. २०७६।७७ को बजेटमा २६.९ प्रतिशत रहेको छ ।
३. वित्तिय ब्यवस्था बजेटः सरकारले लिएको आन्तरिक वा बाह्य ऋणको साँवा फिर्ता गर्न विनियोजन गरिएको रकम वित्तिय ब्यवस्था बजेट हो । बर्तमान संघिय आ.व. २०७६।७७ को बजेटमा ११ प्रतिशत रहेको छ ।
ख. राजनितिक दर्शनको आधारमा
पुँजीवादी, समाजवादी र साम्यवादी बजेट
ग. अबधिको आधारमा
अल्पकालिन, मध्यकालिन र दिर्घकालिन बजेट
घ. निर्माणकर्ताको आधारमा
संसदिय र राष्ट्रपतिय बजेट
ङ. सिद्धान्तको आधारमा
घाटा, नाफा र सन्तुलित बजेट
च. प्राथमिकताको आधारमा
गरिवमुखी, लैङ्गिक उत्तरदायी बजेट
छोटकरीमा लेख्नुहोस्
घाटा बजेटः राज्यको आन्तरिक आम्दानी वा राजस्व भन्दा खर्च बढि हुने गरी बनाइएको बजेटलाई घाटा बजेट भनिन्छ । देशभित्रको स्रोत अभाव वा उच्च आर्थिक बृद्धिका लागि बैदेशिक स्रोत परिचालन गर्न घाटा बजेट बनाइन्छ । घाटा पुर्तिका लागि बैदेशिक अनुदान, बैदेशिक ऋण, आन्तरिक ऋण, ऋण नोट निश्काशन लगाएतका कार्य गरिन्छ ।
#लोकसेवा तयारी