काठमाडौँ– नेपालि गीतसंगीतको दुनियामा आफ्नो छुट्टै पहिचान बनिसकेका गायक तथा सर्जक एक पछी अर्को गित ल्याउदै चर्चाको सिखरमा पुगेका छन् । दिन प्रतिदिन चेतन बोहोराको निकै नै चर्चा चल्ने गरेको छ । बिगत केहि बर्ष देखि गीतसंगीतमा निरन्तन लागेका चेतन बोहोराले भखरै मात्र समय सान्दर्भिक लोक पप गित “चल्दिन्छु बम्बै”सार्वजनिक गरेका छन् । दर्जनौ गीतमा स्वर दिइसकेका बोहोराले यस गीतमा पनि चेतन बोहोरा स्वर रहेको छ । गायक स्वयमको संगीत रहेको गीतमा चेतन बोहोरा र कृष्ण थापाको सयुक्त्त शब्द स्र्जना रहेको छ ।
कृष्ण थापा नाईकेको र्याप रहेको गीतको संगीत संयोजन भने कमल सौरागले गरेका हुन् । बिक्रम चौहानको निर्देशनमा तयार भएको म्युजिक भिडियोलाई मिलन बिकले सम्पादन गरेका हुन भने छायाकन दिपक गिरीले गरेका छन । म्युजिक भिडियोमा चेतन बोहरा र पुजन घिमिरे र खुशी केसीको दमदार अभिनय रहेको छ ।यो गित चेतन बोहोराको अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको छ ।आशा छ यो गीतले पनि बिगतका गित झैँ चर्चा पाउने छ । हेर्नुहोस भिडियो: