रुकमाङ्गद कटवालका छोराले अवकाश पाएको होकी कारबाहि गरेको ?

  • प्रकाशित मिति: शनिबार, मंसिर ७ २०७६
  • तामाकोशी

काठमाडौं ।

पूर्वप्रधानसेनापति रुकमाङ्गद कटवालका छोराले प्रमुख सेनानीबाट अवकाश पाएका छन् । नेपाली सेनाले लेफ्टिनेन्ट कर्णेल शुभाङ्गद कटवालको नियमित अवकाश पाएको जनाएको छ ।



सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले शुभाङ्गद नियमित अवकाशमा गएको जानकारी दिए । उनले शैक्षिक प्रमाणपत्रका विषयमा केही समस्या नभएको बताए । उनले भने, ‘उनको कार्यमूल्यांकनमा नम्बर नपुगेपछि अवकाशमा गएका हुन् । प्रमाणपत्रमा कुनै समस्या थिएन । नयाँ नीतिमा क्वालीफाइड भएता पनि प्रमोशन पाउनुपर्छ भन्ने हुँदैन ।’

सैनिक मुख्यालय जंगीअड्डाका अनुसार २०५० सालमा सेकेण्ड लेफ्टिनेन्टबाट सैन्यसेवा प्रवेश गरेका शुभाङ्गद ३३ औं ब्याचका हुन् । उनी सेनामा प्रवेश गर्दा बुवा रुकमाङ्गद फुल कर्णेल थिए ।