अम्बर आदर्श बचत तथा ऋण सहकारी संस्थाको १८ औं वार्षिक साधारणसभा सम्पन्न

  • प्रकाशित मिति: शनिबार, मंसिर ७ २०७६
  • तामाकोशी

रामेछाप । मंसिर ७ गते,
रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा संचालित अम्बर आदर्श बचत तथा ऋण सहकारी संस्थाको १८ औं वार्षिक साधारणसभा शनिबार मन्थलीका समपन्न भएको छ । मन्थली माविको हलमा भएको साधारणसभा सहकारीका अध्यक्ष कृष्ण बहादुर थापाको अधयक्षता र रामेछाप नगरपालिकाका प्रमुख नर बहादुर थापा मगरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । सहकारीले साधारणसभाको अवसर पारी युवा पत्रकार रामचन्द्र विकलाई सम्मान समेत गरेको छ । सहकारी संस्थाको समाचार प्रसारण एवं प्रकाशनमा महत्वपूर्ण योगदान पु¥याए बापत विकलाई सम्मान गरिएको सहकारीले जनाएको छ । पत्रकार विकलाई नगद रु २ हजार रुपैया र प्रशुंसा पत्रले सम्मान गरिएको हो । सधारण सभाको अवसर पारी सहकारीकमा कार्यरत उत्कृष्ट कर्मचारीको रुपमा सपना काफ्ले पौडेल पनि सम्मानित भएकी छिन् । उनलाई पनि दुई हजार नगद सहित प्रशंसा–पत्रलले सम्मान गरिएको सहकारीका कोषाध्यक्ष रमेश ढुंगेलले जानकारी दिए । रामेछापको साविक रामेछाप गाविस वडा नम्बर १ डुम्रीबोटेमा २५ जनाको लगानीमा २०५८ सालमा स्थापना भएको अम्बर आदर्श बचत तथा ऋण सहकारी संस्थाले १८ बर्षको अवधीमा आइपुग्दा दुई करोड ५६ लाख ८४ हजार ८२ रुपैयाँको हाराहारीमा आर्थिक कारोबार गरीरहेको छ ।
त्यस्तै सहकारीले आर्थिक वर्ष २०७५÷०७६ मा २ लाख ५९ हजार ६८ रुपैयाँ नाफा कमाएको छ । १८ बर्ष सम्म आइपुग्दा संस्थाले गरिरहेको आर्थिक कारोबार र कमाएको खुद नाफाको बारेमा संस्थाका कोषाध्यक्ष रमेश ढुङ्गेलले जानकारी जानकारी दिए । संस्थाले हाल सम्म गरेका विभिन्न गतिविधिको बारेमा र आगामी दिनको संस्थाको कार्यक्रमको बारेमा संस्थाका सचिब प्रमोद कुमार श्रेष्ठले जानकारी गराएका थिए भने लेखा तथा सुपरिबेक्षण समितिका सदस्य पवन कठायतले समितिको प्रतिबेदन प्रस्तुत गरेका थिए ।



सहकारीको साधारणसभा बोल्दै रामेछाप नगरपालिकाका नगर प्रमुख नर बहादुर थापा मगरले सरकारले लिएको समृद्ध नेपाल सुखी नेपालीको नारा पुरा गर्न सहकारीले आफ्ना शेयर सदस्यलाई प्रत्यक्ष रुपमा फाइदा पुग्ने गरी उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिए । सहकारीले ऋण प्रवाह गर्दा पकेट क्षेत्र घोषणा गरेर त्यहाँको सम्भाव्यता अध्ययन गरेर मात्रै लगानी गर्न आग्रह गरे ।
कार्यक्रममा बोल्दै जिल्ला सहकारी संघ रामेछापका कार्यबहाक अध्यक्ष हिमाल ढुङ्गेलले केही सहकारीले नराम्रो काम गर्दा सबै सहकारीको बदनामी हुँदै गएको आरोप लगाए । विभिन्न उद्देश्य राखेर दर्ता भएका नेपाल पत्रकार महासंघ रामेछापका सचिब नवराज श्रेष्ठले जिल्लामा करोडौ पुँजी भएका सहकारीहरुले आफ्ना शेयर सदस्यहरु मार्फत उद्योग स्थापना गरी उनिहरुको आर्थिक अवस्थालाई मजबुद बनाउने तर्फ ध्यान दिनुपर्नेमा जोड दिए । संस्थाले १८ औं वार्षिक साधारणसभामा यसै वर्ष देखि रिक्त भएका पदमा नयाँ सदस्य चयन गरेको छ । यसरी चयन हुनेमा सन्जु श्रेष्ठ, मन्जरी सुवेदी पौडेल र उमेश श्रेष्ठ रहेका छन् ।