युरोकप छनोट फुटबलः अर्मिनियाको पोस्टमा इटालीको ९ गोल

  • प्रकाशित मिति: मंगलबार, मंसिर ३ २०७६
  • तामाकोशी

युरोकप छनोट अन्तर्गत गएराति भएको खेलमा ईटालीले शानदार जित हासिल गरेको छ । समूह चरणको अन्तिम खेलमा ईटालीले अर्मिनियालाई ९–१ गोल अन्तरले पराजित गरेको छ । सिरो ईम्मोबाईल र निकोलो जानिलोले समान दुई तथा चेल्सीका मिडफिल्डर जोर्गिन्होले दोस्रो हाफमा पेनाल्टीमा गोल गरेका थिए ।यस्तै निकोलो बरेला, एलेसियो रोमागोन्ली, रिकार्डो आरसोलिनी र फेडरिको चियासाले एक एक गोल गरे । अर्मिनियाका ईडगर बाबायानले एक गोल फर्काए ।

बाबायानले ईटालीलाई ईतिहासकै सबैभन्दा ठूलो जित निकाल्नबाट भने रोकेका थिए । सन् १९४८ मा ईटालीले अमेरिकालाई ९–० गोल अन्तरले हराएको थियो । विश्वकप २०१८ मा छनोट हुन असफल ईटालीले युरोकप छनोटमा भने शानदार प्रर्दशन गर्यो । ईटालीले छनोटका १० खेलमा शतप्रतिशत जित आत्मसाथ गर्यो । र समूह जेको शीर्ष स्थानमा रहँदै छनोटको अन्त्य गर्यो । अर्मिनिया १० अंक सहित पाँचौ स्थामा रह्यो ।एजेन्सी-