रामेछाप । मंसिर २ गते,
रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं ८ चिसापानीमा एकदिने निशुल्क दाँत तथा मुखको क्यान्सर परिक्षण शिविरको आयोजना गरिएको छ । कार्तिक ३० गते शनिबार भिमेश्वर रुद्र माद्यामिक विद्यालयको प्राङगणमा संचालन गरिएको शिविरको ॐ समाज डेण्टल हस्पीटल चावहिल काठमाडौंको सहयोगमा घिमिरे समाज नेपालले आयोजना गरेको हो ।
मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेतको प्रमुख आतिथ्यतामा भएको शिविरमा मन्थली नगरपालिका वडा नं ८ चिसापानीका १ सय ५० जना नागरिको दाँत तथा मुखको क्यान्सरको परिक्षण गरि औषध समेत वितरण गरिएको घिमिरे समज नेपालका सदस्य रामबाबु घिमिरले जानकारी दिए । 
गाउँमै आफ्नो दाँतको परिक्षण गरी औषध उपचार सेवा पाउँदा सर्वसाधारणहरु खुशी भएका छन् । शिविरको घिमिरे समाज नेपालको १३ औँ स्थापना दिवसका अवसमार आयोजना गरिएको हो । कार्यक्रमकै अवसरमा भिमेश्वर रुद्र माध्यामिक विद्यालयमा कक्षा दशमा अध्ययनरत उत्कृष्ट अंक ल्याउँने एकजना छात्रा ,एकजना छात्र र एकजना गरिव जेहेनदार विद्यार्थीलाई बर्षिक ५ हजारका दरले छात्रवृद्धि प्रदान गर्ने पनि घिमिरे समाज नेपालले घोषणा गरेको छ । उक्त छात्रवृद्धि निर्मला मेघ छात्रवृद्धि कोष मार्फत प्रदान गरिने घिमिरे समाज नेपालका सदस्य रामबाबु घिमिरे बताए । स्थानीय रुद्रलाल घिमिरेका छोराहरु बोधबाबु घिमिरे , मेघबाबु घिमिरे लगाएतले ६४ रोपनी जग्गा भिमेश्वर रुद्र माध्यामिक विद्यालयलाई प्रदान गरेका थिए । यसपछि यो विद्यालयको नाममा रुद्र थपिएर भिमेश्वर रुद्र माध्याकि विद्यालय भएको स्थानीयको भनाई छ ।
चिसापानीमा एकदिने निशुल्क दाँत तथा मुखको क्यान्सर परिक्षण शिविर
- प्रकाशित मिति: सोमबार, मंसिर २ २०७६
- तामाकोशी