अहिले लोक लयमा बनेका चलचित्रका गीत हुन् या लोकगीत नै किन नहुन्, चो-रीको आरोपबाट मुक्त हुन सकेका छैनन् । कहिले विदेशी त कहिले स्वदेशी गीतबाट नै गीत चोरीको आरोप लागेर मुद्दा र उजुरी समेत पर्न थालेको छ । यसैविच, आज शनिबार सार्वजनिक भएको”ड्योट्यालिका फेला” गित सुदुर पश्चिममा गाईने डेउडा भाका”मायाको मोल २”संग जु-धेको छ ।‘ड्योट्यालिका फेला” बोलको गीतलाई पनि चो-रीको वात लागेको छ । संगीतकार गायक तथा सर्जक सुर्य बिरही साउदलाई “मायाको मोल २ ’ चोरिएको आरोप मायाको मोल २ का गायक तेजस परियारले लगाएका छन् । गीत सुन्दा पनि उस्तै उस्तै नै लाग्छ ।
सुर्य बिरहिले ‘ड्योट्यालिका फेला”गितको संगीत गरेका हुन् । मायाको मोल २ कि गायिका शोभा थापा सामाजिक संजाल आफ्नै फेसबुक वालमा आ-क्रोश पोस्ट गर्दै स्टाटस लेख्नु भएको छ ।”गितसंगितमा धार छेउ मिल्नु भनेको त फरक पर्दैन । मेरो यति लामो सांगीतिक करिअर छ । कसैको गीतलाई यसरी हुबहु चो-र्न त भएन नी । हो गित संगित सृजना गर्नु पर्छ । हु बहु यसरी संगित गर्नु सरासर गलत हो । यो सहिए हुँदैन । मैले एउटा सुर्य बिरही भाईलाई मात्रै भनेको हैन सम्पुर्ण संगित क्षेत्रमा लागेका मान्छेलाई अवगत गराउन चाहान्छु । थोरै धार मिल्नु फरक पर्दैन । मैले मात्रै भनेर हुदैन अरुले पनि यो बिषयमा कुरा उठाउन र सम्बन्धित निकायले यस माथी छलफल गर्नु पर्छ । पिडितलाई न्याय दिनु पर्छ ।
मैले र तेजस परियारले गाएको केही समय अगाडी बजारमा सार्वजनिक गरेको गित”मायाको मोल २”गित संग भाइ डेउडा गायक सुर्य बिरही भाईले “ड्योट्यालिका फेला”गित संग हु बहु लय झुधाएर उनको आफ्नै बसिबियालो युटुब च्यानलबाट सार्वजनिक गरेका छन । जसमा संगित स्वयम् आफै सुर्य बिरहिले गरेका छन । सुन्नुहोला गित । अनि कमेन्ट सेयर गर्नुहोला । मेरो चाहाना जानेर गल्ती नगरौ । नयाँ सृजना गर्न सबै अग्रसर हुनुपर्छ । जय गित जय संगित । मायाको मोल २ विशेष फिल्मसको युटुब च्यानलबाट सार्बजनिक भएको हो । जसमा तेजस परियारको प्रस्तुति रहेको छ । शोभा थापा र तेजस परियारको स्वर रहेको छ संगित भने गायक तेजस परियारले गरेका छन ।
ड्योट्यालिका फेला गित बसिबियलो म्युजिक बाट आज सार्वजनिक भएको छ जसमा सुर्य बिरही साउद र चर्चित गायिका रेखा जोसि,पुस्पा बोहोरा,गौरी भट्ट र दिपा रोकायको आबाज रहेको छ । जुन गितको संगित गायक स्वयम् सुर्य बिरही साउदले गरेका छन । मौलिक सृजना गर्न सबैलाई मिल्छ नय सृजनाको अपेक्षा सबैले गरेका हुन्छन । यस्तो गितको लय नै जुधाउनु कतिसम्मको राम्रो काम हो ।
हेर्नुहोस भिडियो :