काठमाडौं । नेपाली संगीतको बजारमा नयाँ नयाँ गीत संगीतहरु आउने क्रम जारि छ यहि भिडमा एउटा मन छुने मौलिक देउडा गीत तथा भिडियो पनि डिजिटल बजारमा आएको छ । बिशेष डिजिटल रेकर्डिङ प्रा.लिको प्रस्तुति चर्चित डेउडा गायिका शोभा थापा र विजय थापाको सुमधुर स्वरमा”धान झुली गै”सार्वजनिक भएको छ । नेपालि गीतसंगीत ताकी मौलिक डेउडा गीतको दुनियामा आफ्नो छुट्टै पहिचान बनाईसकेकी कि गायिका शोभा थापाका सवै गित उतिकै चर्चित छन् ।
धिरज थापाको उत्कृष्ट शब्द तथा दिपथापाको संगीत भित्र रहेको गीतको म्युजिक भिडियोलाई भिम थापाले निर्देशन गरेका हुन् भने डीबी रौलेले छायाँकन गरेका छन् । रविन्द्र थापाले सम्पादन गरेको म्युजिक भिडियोमा रबिन्द्र थापा र लक्ष्मी आचार्यको अभिनय रहेको छ । बिशेष फिल्मसको अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको छ । बिगतका गित झैँ यो गीतले पनि चर्चा पाउनेमा हामि आशाबादी छौ ।
हेर्नुहोस भिडियो:
शोभा थापा र विजय थापाको सुमधुर स्वरमा डेउडा गित”धान झुली गै”सार्वजनिक
- प्रकाशित मिति: बिहिबार, कार्तिक २८ २०७६
- तामाकोशी