राज्याको नजर भन्दा बाहिर,८० बर्षमा पनि घाँस- दाउरा गर्दै पूर्व नेता, गीत गाँउदै सुनाए अनेकौं कहानी(भिडियो)

  • प्रकाशित मिति: बुधबार, कार्तिक २७ २०७६
  • तामाकोशी

उनको आफ्नै कथा छ, व्यथा छ अनि गहिरो इतिहास पनि छ । भूकम्पपछि बनेकोे सानो घर, नजिकै घाँस स्याउला गर्ने पाखा, खेती पाती गर्ने धेर थोर सुख्खा बारी । उमेरले झण्डै असी पुग्न लागेका उनीभित्र अझै काम गर्ने जोश जाँगर अनि सामथ्र्य छ डक्मकाएको छैन ।उनको नाम ईमानसिंह तामाङ, घर कोशीपारी, काभ्रे । आफूलाई सर्वहरा जनताको नेता भन्न रुचाउने उनको जिन्दगीका धेरै उर्वर समयहरु राजनितिमा बिते । ऊ बेलाका बरिष्ठ स्व. नेता निर्मल लामासँग राम्रै हिमचिम हुन्थ्यो ।

घरमा राम्रै राजनितिक भेटघाट हुन्थ्यो । वरिष्ठ नेता निर्मल लामासँग गाँऊ गाँऊ संगठन बनाउँदै हिड्दै गर्दा कत्ति दिन प्रशासनसँग जोगिदै हिड्नु परेको तितो क्षणहरु पनि छन् उनीसँग । उनै इतिहासका एक धरोहर पूर्व क्रान्तिकारी नेता ईमान सिंह तामाङ सँग गरिएको अन्तरंग कुराकानी सहित प्रस्तुत् छ यो भिडियो सामाग्री