मेलिना राई र सुनिल गिरीको आवाजमा उर्मिला गुरुङको दमदार अभिनय रहेको ‘जाम क्यारे माया’गितको चौतर्फी फेरी चर्चा

  • प्रकाशित मिति: बुधबार, कार्तिक २७ २०७६
  • तामाकोशी

काठमाडौँ, कात्तिक २७ । नेपालि गीतसंगीतको दुनियामा आजभोली फरक खालका गीतसंगीत नेपालि बजारमा एक पछिअर्को आउने निरन्तर जारि रहेकै बेला चर्चित लोक पप गायक सुनिल गिरीले मौलिक कौरा गित ‘जाम क्यारे माया’सार्गवजनिक रेका छन् । सुनिल गिरीका हरेक गित उत्तिकै चर्चित रहेका छन् । यस गीतमा पनि सुनिल गिरि र मेलिना राईको सुमधुर स्वर रहेको छ भने स्वयम गायकको लय तथा शब्द संगीत रहेको छ । गिरि पछिल्लो युवा पुस्ताका लोक प्रिय गायक हुन् ।
मनाङ गुरुङले कोरियोग्राफी तथा निर्देशन गरेको म्युजिक भिडियोलाई हरि श्रेष्ठ र उज्वल सापकोटाले छायाकन गरेका छन् भने मनोज कार्कीले सम्पादन गरेका हुन् । सुनिल गिरि र उर्मिला गुरुङको दमदार अभिनय रहेको म्युजिक भिडियो सुनिल गिरीको आफ्नै अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको छ ।
हेर्नुहोस् भिडियो