डा. केसीको अवस्था जटिल

  • प्रकाशित मिति: सोमबार, कार्तिक २५ २०७६
  • तामाकोशी

२५ कात्तिक, काठमाडौं । डडेल्धुरा अस्पतालले आमरण अनसनरत डा. गोविन्द केसीको अवस्था जटिल बन्दै गएको बताएको छ । साथै उनको स्वास्थ्य अवस्था चिकित्सकीय हैसियतले अस्पतालको क्षमताभन्दा बाहिर गए जटिलता व्यवस्थापन गर्न नसक्ने बाएको छ । विभिन्न माग राख्दै प्रा. डा. केसी सात दिनदेखि डडेलधुरामा आमरण अनसनमा छन् । जिल्ला अस्पताल अगाडि एक निजी घरमा अनसन बसेका उनको स्वास्थ्यमा समस्या देखिएपछि डडेल्धुरा अस्पताल भर्ना गरिएको थियो । तर अवस्था झन विग्रिएको छ । ब्लड प्रेसर घट्दै गएको छ भने मुटुको चालमा वृद्धि भएको छ । यस्तै रगतमा अक्सिजनको मात्र घटेको छ । मिर्गौलामा समस्या देखिएको छ ।

तर अस्पतालमा आईसीयू, एबीजी सेवा तथा दक्ष जनशक्तिको अभाव रहेकाले डा. केसीलाई तत्काल सुरक्षित स्थानमा सार्नुपर्ने चिकित्सकहरुले बताएका छन् ।‘उहाँको स्वास्थ अवस्था चिकित्सकीय हैसियतले अस्पतालको क्षमताभन्दा बाहिर गएको बखत डडेल्धुरा अस्पतालबाट कुनै पनि किसिमको जटिलता व्यवस्थापन गर्न नसक्ने जानकारी गरिन्छ,’ अस्पतालले आइतबार विज्ञप्तिमार्फत भनेको छ ।