डि.वि निरंकारीको सांगितिक यात्रा,सस्तो लोकप्रियका लागि म काम गर्दिन

  • प्रकाशित मिति: शनिबार, कार्तिक २३ २०७६
  • तामाकोशी

काठमाडौं-शुदुर पश्चिम कैलाली जिल्ला गोदावरी नगरपालिका वडा नं १२ ओलानि जन्मिएका गायक डि.वि निरंकारी सांगितिक यात्रामा निकै लगाब र झुकाव रहेका छन। उनि सांगितिक क्षेत्रमा आउनु भन्दा अगाडि आफ्नो बाल्यकाल गाउँमै विताई रहेका थिए र उनि पहिले देखि मेहनति र लगनशील थिए र उनले सानै उमेर देखि आफै केहि गर्छु भनेर अटुट सपना थियो । उनले ८ कलास पढ्दापढ्दै व्यवसायमा हात हालेका डिबिले आफ्नो जिम्मेवारी बहन गरे अनि पढाई पनि अगाडि बढाउदै लिएका थिए र ब्याबसायसंगै गायक डि.वि निरंकारीले २०६८ मा SLC पास गरे र उनि गाउको ब्यावसाय आफ्नो दाजुको हातमा छोडेर शहर पसे। कन्चनपुरको झलारीमा फुपूको घरमा गएर अध्ययन सुरु गर्न थाले।

११ कलासमा अध्यायन सुरु गरेसंग-संगै उनि स्कुलमा पनि सबैको लोक प्रिय बन्दै गएका थिए । अनि उनि पढाईको साथ साथै काम गर्न थाले र उनि विस्तारै-विस्तारै आफ्नो जिम्मेवारीमा थपिएदै गएको थियो अध्यानासंगै जिम्मेवारी झन् बढी भए पछी काम छोडेर २०७२ साल तिर राजधानी छिरेका डीबी काठमाडौंमा पनि उनीलाई धेरै गार्हो भैसकेको थियो । चर्को कोठाभाडा र खान लगाउन बस्न धौ धौ भए पछी गल्लि गल्लि समेत चारेका थिए डिबिले । पहिलो दोहोरी साँझ कान्तिपुर दोहोरी साँझ पुगेका डीबीले अनेक प्रकारको समस्या झेलेर दोहोरीमा गित गाउँ पुगेका थिए ।



कान्तिपुरमा गित गाउँ पुगेका डिबिलाई पहिलो पटक गित गाउँन सार्है नै सकस परेको थियो रपनी गित गैरे छोडे । छोटो समयमा नै सवैका सर्वप्रिय बने डीबी ।उनले गरेका हरेक कामलाई न्याय दिनु पर्छ भन्ने मान्याता बोकेका कुवरले नेपाली गितसंगितबाट पछी हट्नु पर्ने अवस्था भने आएको छैन । समयले साथ दिएमा निरन्तर यहि क्षत्रमा अगाडि बढीरहने उनले बताए । वहाभन्नु हुन्छ क्षेत्रमा जम्न त्यति सजिलो छैन। तर, पनि मिहिनत र परिश्रम गर्दा क्षमता भएकाहरुलाई स्थापित हुन पनि भनेको जति अप्ठेरो छैन । डिबिलाई पछिल्लो समय नेपालि गीतसंगीतमा एउटै कुराले मन दुखाईरहेको हुन्छ ।

नेपालि गीतसंगीतमा आएको छोटो समयमा नै गीतले चर्चा पाईरहदा तिनै पछिल्लो समय आउने नयाँ पिडिका कलाकारले पुराना पुस्तालाई नगन्ने प्रचलन बढी चलेको छ । गीतसंगीतको बजार केहि मात्रामा खस्काको भएता पनि फेरी गीतसंगीतमा केहि नयाँ र फरक शैलीका गित आईरहदा हरेक सर्जक कलाकारले आफ्नो मौलिक सस्कृतिलाई भने भुल्न हुदैन । डिबी थप्नुहुन्छ : म मेरो माटोलाई माया गर्छु,नेपालि गितसगीतलाई माया गर्छु छोटो र सस्तो लोकप्रियका लागि म काम गर्दिन । म मेरो काममा निरन्तर लागिरहने छु ताकी जीवन्त म मेरो संगीतमा जीवन्त लागिरहने छु ।

उनले गीतसंगीतमा निरन्तर लाग्न र पहिलेको गित रेकर्ड गर्छु भन्ने कौतुहलता मेटाउनका लागि लागेका डीबी अनेक समस्याका बाबजुद पहिलो गित रेकर्ड गराए । त्यस पछी निरन्तन एक पछी अर्को गित रेकर्ड गर्दै जानु भएका डिबिलाई पछी भने फर्कनु परेको छैन आफु बाचुन्जेल यहि पेसालाई जिबन भरि अगाडि बडाउने प्रतिबद्धता गराएका छन र उनले १) के जमना आयो,२) डिजे बजाईदे,३) तिम्रो चर्चा,४) मेरि कालो,५) मुम्बई राम्रो छ,६) धनगढी थर्काउने,७) बबालै नचाउन्छ,८) चप्पल पड्काउने,९) मज्जा,१०) वेहुलो बन्ने हो,११) धनगढी थर्काउने २ नाचन,१२) पाउजु बजाउदै,१३) मुसुमुसु हासि,१४) युनिक बुडि,१५) ब्याटल धनगढी थर्काउने,१६) हङकङ को साडि फन्डिएन चुरा,१७) भैसो अडकिग्योजस्ता दर्जनौ गीतमा संगीत तथा आवाज भरिसकेका छन् ।