काठमाडौं । रौतहट राजपुर बमकाण्डको अभि*युक्त महम्मद अफताब आलमााथि सम्पत्ति शुद्धीकरण विभागले पनि अनु*सन्धान हुने भएको छ । आजको नागरिक राष्ट्रिय दैनिकमा यो समाचार लेखेका छन् ।
‘अप*राधकर्मबाट अकुत सम्पत्ति आर्जन गरेको’ आरोपमा विभागले अनुसन्धान थालेको हो । विभागले विहीवार रौतहट प्रहरीलाई पत्र लेखी आलमलाई उपस्थित गराउन आग्रह गरेको छ ।
रौतहट प्रहरी कार्यालयले शुक्रवार जिल्ला अदालत रौतहटलनई विभागको पत्र बुझाउँदै आलमलाई पठाइदिन अनुरोध गरेको छ ।