काठमाडौः श्री वागेश्वोरी सानाकिसान कृषि सहकारी सस्था लिमिटेडको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ । खाँडादेवी गाउपालिका अध्यक्ष प्रेम ब. तामाङको प्रमुख आतिथ्यतामा, उपाध्यक्ष मखमली श्रेष्ठ, १ नम्बर वडाध्यक्ष बिष्णु कु. श्रेष्ठ, ४ नम्बर वडाध्यक्ष धन ब. मानन्धर र नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा.) रामेछापको जिल्ला सदस्य मान ब. तामाङलगायत अन्य अतिथिहरुको उपस्थितिमा उद्घाटन भएको थियो ।

खाँडादेवी गाउँपालिकाका अध्यक्ष तामाङले सहकारी क्षेत्रसँग सहकार्य गरेर गाउँपालिकालाई समृद्ध बनाउन सकिने बताउनुभएको छ । उहाँले निजी क्षेत्र, सहकारी र स्थानीय सरकारबीच समन्वय गरेर समृद्धिको सपना साकार हुने बताउनुभएको हो । कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष मखमली श्रेष्ठले सहकारीको माध्यमबाट कृषि क्षेत्रको विकासमा योगदान दिने बताउनुभयो । खाँडादेवी गाउँपालिका–१ राकाथुमका वडा अध्यक्ष विष्णु कु. श्रेष्ठले सहकारीले गाउँको विकासमा योगदान दिने धारणा व्यक्त गर्नुभयो ।
संस्थाको अध्यक्ष रुद्र बहादुर श्रेष्ठले सहकारीको भावी कार्ययोजना प्रस्तुत गर्दै शेयर सदस्यले कृषीमा सहुलियत ब्याजदरमा ऋण लिन सकिने र संस्थाले सामाजिक कार्यमा जोड दिइने बताउनुभयो । सस्थाको लेखा–संयोजक विनोदकुमार श्रेष्ठले आ. व. २०७५÷०७६ को लेखा प्रतिवेदन प्रस्तुत गर्दै शेयर लाभाशं १२.५ % वितरण गर्ने घोषणा गरिएको थियो । कृषी क्षेत्रमा लगानी बढाई कृषकहरुलाई आत्मनिर्भर गराउन विभिन्न तालिम÷ कार्यक्रमहरु अगाडी बढाउने जानकारी दिनुभयो । आ. व. ०७५÷०७६ बाट १÷१ जना उत्कृट बचतकर्ता र ऋणकर्तालाई सम्मान पनि गरिएको थियो ।
संस्थाका सचिव सुदिप श्रेष्ठले संचालन गरेको उक्त साधारण सभामा संस्थाका ऋण समिति सदस्य मिन कुमार श्रेष्ठले स्वागत गर्नुभएको थियो । साधारण सभाले ०७५÷०७६ को बार्षिक प्रतिवेदन पारित गरेको छ ।
