यतिका वर्ष पछी”निरमाया ठुली”लाई यसरि सम्झिए नारायण रायमाझी(लाईभ)भिडियो

  • प्रकाशित मिति: शनिबार, कार्तिक १६ २०७६
  • तामाकोशी

काठमाण्डौ-चक्र साउद आर.सी,नेपाली गीतसंगीत क्षेत्रमा प्रविधिको बिकाससंगसंगै गीतसंगीतले पनि निकै नै फड्को मारेको छ । लाेकगीत अथवा लोक सङ्गीत लाेक संस्कृतिकै प्रमुख अङ्ग हाे ।लोकभाकाले स्थानीय ठाउँको, क्षेत्रको प्रतिविम्ब देखाउदछ । जुन ठाउँ, क्षेत्रको लोकभाका हो त्यसले त्यसै ठाउँ, क्षेत्रको पहिचान झल्काउदछ । लोकगीतमा लोक जीवनमा लहरिदै बड्ने र प्रसार हुने हुँदा लोकगीतमा स्वाभाविक रुपमा लोकसमुदायका अाँसु—हाँसो, सुख—दुःख, मिलन—विछोड, जीवन यापनका अनेक उकाली ओराली, लोकपरिवेश, लोकमान्यता र लोकविश्वास आदिले स्थान पाएको हुन्छन् । लोकगीत रचना लोकको आफ्नो गीत हुन्छ, जुन गीत परम्परामा गाँसिन्छ र परम्पराले समय—समयमा अनुकूल परिवर्तन गर्दै रहन्छ । जन समाजमा परम्परादेखि गाउँदै र चल्दै आएको गीत लोकगीत हो ।

नेपालि गीतसंगीतमा केहि त्यस्ता हस्ती छन् जसमध्ये नारायण राएमाझी एक हस्ती हुन् ।नेपालि गीतसंगीत र मौलिक सस्कृति बचाउनको लागि बिगत लामो समय देखि यहि क्षेत्रमा तत्ल्लिन राएमाझी बिगत क्यासेट बजाउने बेला देखि अहिले यो नयाँ प्रविधिसंग मितेरी गास्दै यहासम्म आईपुगेका छन् । नेपाली साङ्गीतिक इतिहासमा एकपछि अर्का लोकप्रिय गीत दिन सफल गायक हुन् रायमाझी । रायमाझीको छुट्टै पहिचान छ नेपालि गीतसंगीतमा । विभिन्न व्यक्ति माथि उठ्न अरुको चाकडी गर्न निकै नै रुचाउने गर्छन् तर अन्यभन्दा फरक शैलीका नारायण रायमाझी भने कहिल्यै चाकडी गर्न रुचाउदैन्न । जो आफूसँग पनि चाकडी गर्न खोज्छ, उनी कहिल्यै पनि त्यस्ता व्यक्तिसँग सङ्गत गर्दैनन ।



सीमित व्यक्तिसँग मात्र मित्रता र सङ्गत गर्ने स्वभावका नारायण रायमाझी निकै गम्भीर स्वभावका गायक तथा सर्जक हुन् ।नयाँ व्यक्तिसँग निकै नै गम्भीर स्वभावको भए पनि उनी नजिकको व्यक्तिसँग निकै नै मिलनसार स्वभाव भएका छन् नारायण रायमाझी । सङ्गीतकार गीतकार रायमाझीको सद्भाव, भाइचारा र मिलनसार व्यवहारको कहिल्यै प्रशंसा गर्न सकिँदैन । आफूले एकपटक भेटेको व्यक्तिलाई उनी कहिल्यै पनि नभुल्ने रायमाझीलेको स्वभाब रहेको छ । प्रत्यक्ष लाईभ दोहोरि पनि उतिकै गाउँ माहिर रायमाझीले धेरै पछी लाईभ दोहोरि सार्वजनिक गरेका छन् ।

“निरमाया ठुली”बोलको गीतमा नारायण रायमाझीर र कमला पोखरेलको सुमधुर स्वर रहेको छ। रचना/लय तथा शब्द नारायण रायमाझीले गरेका छन् । जसमा प्रतक्ष्य मादल उदिराम खडका र बासुरीरत्न बि.कले बजाउनु भएको छ साथै सरङ्गी धर्म गन्धर्व र गिटार राज कुमार समालले बजाउनु भएकोछ । छायाँकन मिराज अर्याल/पारस रायमाझी/बिवेक खड्काले गर्नु भएको थियो भने सम्पादन मिराज अर्यालले गर्नु भएको छ। Reema Entertainment Nepalको अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरेका छन् ।