ज्ञानेन्द्र मल्ल बने राष्ट्रिय क्रिकेट टिमको कप्तान,पारस खडकाले माया मारेका हुन् त् क्रिकेटमा

  • प्रकाशित मिति: बुधबार, कार्तिक १३ २०७६
  • तामाकोशी

काठमाडौं, कात्तिक १३ । राष्ट्रिय क्रिकेट टिममा नयाँ कप्तानको प्रवेश भएको छ  । यस भन्दा अघि  कप्तानको जिम्मेवारी पारस खडकाले लिएका थिए  । नेपालका कप्तान तथा अलराउण्डर खेलाडी पारस खड्काले दिएको राजीनामा नेपाल क्रिकेट संघ (क्यान)ले स्वीकृत गरे पछी  कप्तान खड्काको राजीनामा स्वीकृत भएसँगै क्यानले उक्त जिम्मेवारी राष्ट्रिय क्रिकेट टिमका उपकप्तान ज्ञानेन्द्र मल्ललाई दिने निर्णय गरेको छ ।

पारसले आइतबार इमेलमार्फत क्रिकेट संघमा राजीनामा बुझाए लगत्तै नेपाली क्रिकेट प्रेमीहरु माझ अब के होला भन्ने खुल्दुली नै म च्चिएको थियो । संघको निलम्बन फुकुवा भएको भोलिपल्टै खड्काले पद छाड्ने घोषणा गरेको केही दिनमा क्यानले खड्काको राजीनामालाई स्वीकृत गर्दै मल्ललाई कप्तानका रुपमा अघि सारेको हो । संघले बुधबार नै राष्ट्रिय टिमका मुख्य प्रशिक्षक उमेश पटवाललाई जिम्मेवारी बाँडफाँडबारे पनि जानकारी दिएको स्रोतले जनाएको छ ।