रामेछाप । कार्तिक ९ गते,रमेश ढुंगेल,
जिल्ला आयुर्बेद कार्यालय रामेछापले धनवन्तरी जयन्ती तथा राष्ट्रिय आरोग्य दिवस २०७६ का अवसरमा जेष्ठ नागरिक उपचार शिबिर सञ्चालन गरेको छ ।
आयुर्बेदका जन्मदाता मानिने धनवन्तरी जयन्ती तथा आरोग्य दिबसको अबसरमा शनिबार आयोजना गरिएको उक्त शिबिरबाट १ सय भन्दा बढिको संख्यामा जेष्ठ नागरिकले सेवा लिएको बताइएको छ । शिविरमा जेष्ठ नागरिकहरुको तौल लिने , सुगर, प्रेसर र अन्य रोगहरुको बारेमा जाँच गरिएको जिल्ला आयुर्बेद कार्यालय रामेछापका प्रमुख निरज खतिवडाले जानकारी दिए । शिविरमा स्वास्थ्य जाँचपछि रोग अनुसारको औषधि र भिटामिन निःशुल्क बितरण गरिएको कार्यालयका बरिष्ठ कविराज निरिक्षक दिपक कार्कीले बताए ।
मन्थलीमा राष्ट्रिय आरोग्य दिवसमा जेष्ठ नागरिक उपचार शिबिर
- प्रकाशित मिति: शनिबार, कार्तिक ९ २०७६
- तामाकोशी