लोक स्टार सोनीका आमाबुवा मिडियामा आएर भने शोनी हाम्रो छोरो हैन(भिडियो)

  • प्रकाशित मिति: शनिबार, कार्तिक ९ २०७६
  • तामाकोशी

काठमाडौं – लोक गायन रियालिटी शो ‘नेपाल लोक स्टार’ को पहिलो विजेता रोल्पाका शनि विश्वकर्मा बन्न सफल भएका छन् । शुक्रबार भृकुटीमण्डपमा सम्पन्न ग्राण्ड फिनालेबाट विश्वकर्मालाई नेपाल लोक स्टारको विजयी घोषणा गरिएको हो । विश्वकर्माले ५० लाख रुपैयाँको पुरस्कार हात पारेका छन् ।
रोल्पाका शनि विश्वकर्माले नेपाल लोकस्टारको उपाधि चुमेका छन् उनले जिते संगै बिजय र्याली सुरु भएको छ।

उनका बाबा र आमा सहितको टिमले टुडिखेल अगाडी र्याली ल्याए।एता एपीवान टेलीभिजनबाट प्रशारित सर्वाधिक पुरस्कार राशिको रियालिटी शो नेपाल लोकस्टारको उपाधिसँगै उनले ५० लाख नगद पुरस्कार हात पारे । लोक स्टारका बिजेता भए पछी आमाबुआले भन्नु भयो शो नि मेरो छोरा हैन ३ करोड नेपालीको छोरा हो । आम नेपालि दाजु भाईको साथ् भएर पो मेरो छोरा यो ठाउमा पुग्न सफल भएको हो । आम दर्शक स्रोता नेपालीले यो सहायो नगरेको भए मेरो छोरा यस ठाउमा पुग्न सफल भने हुने थिएन । घरको स्थिति एकदमै नाजुक रहेको छ । हामि खुसि छौ । स्टार बिजेता भए पनि हामीले मेरो छोरालाई भेटन पाउन सकेनौ । दुखित छैनौ तर म हामि खुसि हुनु भनेको नै आम नेपाली दर्शक खुसि हुनु हो ।



भृकुटिमण्डपस्थित खुला मैदानमा शुक्रबार आयोजित अन्तिम प्रस्तिस्पर्धामा उनले उपाधि चुमेका हुन्। प्रतियोगितामा चेतन गोतामे दोस्रो भई २५ लाख नगद पुरस्कार प्राप्त गरे । तेस्रो उदयपुर कटारीका विनोद दनुवारले जिते । उनले १० लाख नगद प्राप्त गरेका छन् । त्यसैगरी रामेछापका रामकुमार नेपाली सान्वना भए ।सान्त्वना भएका उनले दुई लाख हात पारे ।

असार १२ गतेबाट सुरु भएको लोकस्टार कार्यक्रम भृकुटिमण्डपबाट ३६ औं शृंखला प्रत्यक्ष प्रशारण गर्दै सम्पन्न भएको हो । नेपालको लोक संस्कृति प्रचार प्रचार र विकास गर्ने उद्देश्यले चाहना मिडिया प्रालिले यो कार्यक्रम सञ्चालन गरेको हो ।