काठमाडौं – भिटेनको चर्चित गित हामी यस्तै त हो नि ब्रो’ युट्युबबाट हटाएको छ । उनलाई महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाको टोलिले जावलाखेलबाट पक्राउ गरेको हो । चुरोट’ नामको गीतबाट चर्चा जमाएका उनलाई अश्लिल गीतहरू गाएको आरोपमा पक्राउ गरिएको हो ।
तर हालै भने हामी यस्तै त हो नि ब्रो’ युट्युबबाट हटाएको छ । यस अघि त ह्याप्पी तिहार, चिसो बियर’ मा प्रयोग गरिएको शब्दका कारण विवादमा तानिए पछि गायक दुर्गेश थापा पक्राउ परेका थिए ।
अब भने भिटेनलाई प्रहरीले अभद्र व्यवहार कसुरमा मुद्दा चलाउने तयारी गरेको छ ।गायक थापा मंगलबार बालाजुबाट पक्राउ परेकोमा युट्युबबाट गीत हटाउन सहमती जनाएपछि रिहा भएका थिए । गीतको शब्द र फेसबुकमा पोस्ट भएको तस्विरको आधारमा भिटेनलाई पक्राउ गरिएको थियो ।