काठमाण्डौ ।
कलाकार दुर्गेश थापा प्रहरीबाट रिहा भएका छन् । युट्युबबाट गीत हटाउने शर्त सहित प्रहरीले दुर्गेशलाई रिहा गरेको हो ।
तिहारको देउसी भैलो गीतमा राखिएका शब्दले समाज भड्किलो बनाउने भन्दै उजुरी परेपछि दुर्गेश पक्राउ परेका थिए । जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको र प्रशासन कार्यालयले महानगरीय अपराध अनुसन्धान महाशाखालाई पत्राचार गरेपछि बालाजुबाट प्रहरीले दुर्गेशलाई पक्राउ गरेको थियो ।
महाशाखामा दुर्गेशले आफूले निकालेको गीतमा अञ्जानबस नशालु पदार्थ गाँजा खान प्रोत्साहन गर्ने शब्द परेको भन्दै माफि मागेका छन् । उनले सामाजिक सद्भाव र सांस्कृतिक विचलन ल्याउन गीतले सहयोग गरेको भन्ने सरोकारवालाको चासो र चिन्तालाई मनन गर्दै गीत युट्युबबाट हटाएको पनि जनाएका छन् ।
