जिग्री र पाँडेलाई फेरी आपत्त ! ‘सक्किगोनी’बन्द गराउन खोजिएको होत ?

  • प्रकाशित मिति: सोमबार, कार्तिक ४ २०७६
  • तामाकोशी

नेपाल टेलिभिजनबाट प्रशारण भइरहेको हास्य टेलिश्रृंखला ‘सक्किगोनी’ को टिमविरुद्ध मिडिया हबले प्रहरीमा उ जुरी गरेको छ । मिडिया हबले प्रहरीमा ‘सक्किगोनी’विरुद्ध कपिराइटको उ/जुरी दिएको हो ।महानगरीय प्रहरी परिसर टेकुले यस विषयमा छलफल गर्न प्रहरीले अर्जुन घिमिरे पाँडे र कुमार कट्टेल जिग्रीको समूहलाई बोलाएको छ । यो समाचार तातो पाटीमा लेखिएको छ ।

‘उहाँहरुले आफ्ना क्यारेक्टरहरु नक्कल गरेको भनेर कपिराइटको उ जुरी हाल्नु भएको रहेछ । त्यसैले हामीलाई बोलाइएको छ’, घिमिरेले भने ।मिडिया हबका प्रमुख सोमप्रसाद धितालले आफ्नो टेलिश्रृंखला ‘भद्रगोल’ का च/रित्र/हरु अर्को टेलिश्रृंखलामा प्रयोग गर्दा आफूहरुलाई अप्ठेरो परेकोले उ जुरी गरेको बताए ।



उनले भने, ‘जिग्री, पाँडे, बले कक्रोच, सितेबा जस्ता दर्जनौं, क्यारेक्टरहरु मिडिया हबका उत्पादन हुन्, तिनीहरुलाई स्थापित गराउन हामीले लगानी गरेका छौं । त्यसैले ती क्यारेक्टरमा हाम्रो हक लाग्छ ।’उनले उजुरीमा कुनै क्षतिपूर्तिको मागदावी भने नगरेको बताए । ‘हाम्रा क्यारेक्टरहरु प्रयोग गर्न रोकियोस भन्ने मात्र हाम्रो माग हो । आर्थिक क्षति/पूर्तिको अहिले कुरा गरेका छैनौं,’ धितालले भने ।यसअघि भद्रगोलमा काम गरिरहेको जिग्री-पाँडेको समूहले ‘सक्किगोनी’ निर्माण गर्न थालेको हो । यसको कथानक पृष्ठभूमि र पात्रहरु भद्रगोलबाटै सारिएका छन् ।