काठमाडौं-निवर्तमान सभामुख कृष्णबहादुर मह/रामाथि यौ/न दुर्व्य//वहारको आरो/प लगाएकी भनिएकी संघीय संसद् सचिवालयकी कर्मचारी रोशनी शाहीले मनोवैज्ञानिक र मानसिक दबाबमा आफूले प्रहरीमा उजुरी दिएको खुलासा गरेकी छन्।
एपीवान टेलिभिजनसँगको कुराकानीमा शाहीले यस्तो खुलासा गरेकी हुन्। ‘असोज १७ गतेको कि/टानी जाहेरी निवेदन मलाई बा/ध्य पारेर लेख्न लगाई दर्ता गराइएको हो’, कुराकानीमा उनले भने/की छन्, ‘असोज १७ गते प्रह/रीले तयार पारेको निवेदनको खे/स्राको आधारमा मलाई मनोवैज्ञानिक र मान/सिक दबा/ब दिएर तयार पार्न लगाइएको निवेदनका आधारमा मात्रै अनुसन्धान भइरहेको छ।’
उनले बानेश्वर प्रहरी वृत्तमा असोज १५ गते दर्ता गरेको निवेदनमा उल्लेख भएको कुरामात्र सत्य(तथ्य भएको दाबी गरेकी छन्। ‘१५ गतेको निवेदनमा असोज १२ गते घटेको भनिएको /घट/ना/का बारेमा पूर्ण विवरणसहित आफ्नो श्रीमान् चित्रजंग शाहीको रोहबरमा बानेश्वरमा निवेदन दिएकी थिएँ’, उनले भनिन्, ‘तर, सो निवेदनको आधारमा प्रहरीले अनुसन्धान गरेन।’ उनले उक्त निवेदनमा महरा असोज १२ गते आफ्नो कोठामा उपस्थित नै नभएको उल्लेख भएको दाबी गरेकी छन्।‘मानसिक अवस्था बिग्रिएर १०० मा फोन गरेछु १’
शाहीले अकस्मात आफ्नो मानसिक अवस्था बिग्रन जाँदा १००मा फोन गरेको बताएकी छन्। ‘असोज १२ गते अक/स्मात मेरो मा/नसिक अवस्था बिग्र/न गई वि/क्षिप्त अवस्थामा प्रहरीको १०० मा फोन गरी प्रहरी बोलाएकी रहेछु। प्रहरी आइसकेपछि उहाँहरु अर्थात् प्रहरीले सभामुख मह/राले हात/पात गरेको भनेर तपाईंको फोन आएकाले हामी आएको भन्नुभयो’, शाहीले भनिन्, ‘तर, सोही समयमा खानतलासी गर्दा केही नभेटेपछि प्रहरी फर्किएर जानु भएको रहेछ। प्रहरी गए पश्चात पनि मैले क–कसलाई फोन गरेकी रहेछु र को–कोसँग के–के भने थाहा भएन। पछि होसमा आउँदा विभिन्न मिडियामा मेरो र कृष्णबहादुर महरा सरको नाम जोडी विभिन्न किसिमका लान्छ/ना लगाइएका समाचार प्रसार भइरहेको देखेर म नै अचम्म परेँ।’
जिल्ला अदालत काठमाडौंले महरालाई थप अनुस/न्धान गर्न आइतबार प्रहरीलाई पाँच दिनको म्या/द दिएको छ । यसअघि अदालतले प्रहरीलाई दिएको तीन दिनको म्याद शुक्रबार सकिएको थियो ।