तेस्रो राष्ट्रिय ओएस नेपाल म्यूजिक अवार्डको भोटीगं गर्ने समय सोमबार राती १२ बजे सकिने

  • प्रकाशित मिति: आइतबार, कार्तिक ३ २०७६
  • तामाकोशी

काठमाडौँ । तेस्रो राष्ट्रिय ओएस नेपाल म्यूजिक अवाडको नोमिनेसनमा परेका स्रष्टाहरुले कात्तिक ४ गते राती १२ बजेसम्म मात्र भोटीगं गर्न सक्नेछन् । यसअघि आज राती १२ बजेसम्मका लागी खुला गरिएको भोटीगं सर्भरमा आएको समस्याका कारण १ दिन थप गरी भोली राती १२ बजेसम्म भोटीगं गर्न सकिने ब्यबस्था मिलाइएको आयोजकले जनाएको छ ।

भोटीगंको लागी खल्ती एप डाउनलोड गरेर प्रत्येक विधाको एक जनालाई निशुल्क भोटीगं गर्न सकिने ब्यबस्था गरिएको छ । जसको मान्यता ७० प्रतिशत रहनेछ । साथै एसएमएस भोटीगंको मान्यता २० प्रतिशत हुनेछ । एसएमएस भोटीगं गर्नका लागी ओएसएन स्पेश भोटगं कोड टाइप गरेर ३३००१ मा पठाउन सकिनेछ ।



कात्तिक ६ गते साडे १२ बजे काठमाडौँको प्रज्ञा भवनमा हुने अवार्ड कार्यक्रमको प्रयोजकका रुपमा गोल्डेन स्टेट मुभी मेकर एलएलसी क्यालिफोनिर्या, हिमालयन फाउण्डेसन क्रप न्यूर्योक र क्यालिफोनिर्या यूएसए तथा ठमेलमार्ट र सुनार इन्टरप्राइजेज रहेका छन् ।