काठमाडौ – नेपालीहरुको महान चाड तिहारको शुभकामना सहित S3k Entertainmentको प्रस्तुति सतिश अधिकारीको तिहार गित “नयाँ गलबन्दि” सार्वजनिक भएको छ । चर्चित गायक तेजश रेग्मी र सम्झना भण्डारीको सयुक्त सुमधुर स्वरमा रहेको छ ।
तेजश रेग्मीको लय तथा शब्द रहेको गीतको शिब बिकको निर्देशनमा म्युजिक भिडियो तयार भएको छ ।बिक पनि नेपाली गितासंगितको क्षेत्रमा चलेको नाम हो बिगत लामो समय देखि यहि क्षेत्रमा लागेका बिक आफ्नो काममा उतिकै लगाब दिनुहुन्छ ।
सम्भु चालिसेले छायांकन गरेको म्युजिक भिडियोलाई रविन बिक र रमेश रसाईलीले भिडियो सम्पादन गर्नु भएको छ भने यस म्युजिक भिडियोमा रिना थापा र प्रेम थापाको अभिनय रहेको छ । आशा छ यो गितले निकै चर्चा कमाउन सफल हुनेछ । यो म्युजिक भिडियो S3K Entertainmentको अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको छ ।
हेर्नुहोस भिडियो :