काठमाडौं : मृ/र्गौ/ला किनबेच गरेको आरोपमा प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोले ललितपुरको निदान अस्पतालका प्रमुख कार्यकारी अधिकृत (सिईओ)सहित पाँच जनालाई प/क्रा/उ गरेको छ।
अस्पतालले एक व्यक्तिको नाममा अर्कौ व्यक्तिको मृ/र्गौ/ला झिकेको आरोपमा सीईओ विपेन्द्र प्रधानसहित पाँचजना अनुसन्धानका लागि नियन्त्रणमा लिएको ब्यूरोका प्रवक्ता एसपी गोविन्द थपलीयाले जानकारी दिए।
प्रहरीले सीईओ प्रधानसँगै रामेछाप दोरम्बा स्थायी घर भइ स्वयम्भु बस्ने शंकरलाल लामा (मृ/र्गौ/ला लिने बिरामी),अस्पतालका कानुनी सल्लाहकार कुमार भट्टराई, डाक्टर राजेश पन्त, ललितपुरका शाखा अधिकृत रामचन्द्र आलेलाई नियन्त्रणमा लिएको हो । अन्नपूर्णमा लेखिएको छ ।/