नरेन्द्र रावल
२०७६ असोज २७, अछाम । सेती लोक मार्ग अन्र्तगत अछामको बुढीगागां नदिमा पर्ने चित्रे पक्किपुल निर्माण हुन लगेको सात बर्ष भै सक्दा समेत बन्न सकिरहेको छैन । २०६९ साल साउन ३ गते सम्झौता भई दुई वर्ष भित्रै सम्पन्न गर्ने भनिए पनी ठेकेदारको लाप्रर्वाहि र ढिला सुस्तीका कारण समयमा बन्न त परै जावस २० प्रर्तिशत समेत काम हुन सकेको छैन ।
६ करोड ३६ लाख ३६ हजार रुपयाँको इस्टमेट लागतमा पाँच वटा पिलर सहितको एक सय मिटर लम्बाई र साडे ७ मिटर चौडाई रहेको चित्रे पक्किपुलको निर्माण कार्यको म्याद थपेर पटक पटक ताकेता गर्दा समेत ठेकेदारले ढिलासुस्ति गरेको जिल्ला समोन्वय समिति अछामका उप प्रमुख टोप बहादुर रावले बताउनु भयो ।
ठेकेदारको लाप्रर्वाहीले गर्दा यो पुल समयमा नबन्दा यस क्षेत्रका नागरीकले सास्ति भोग्नु परेको मानव अधिकार तथा शांन्ती समाजका सुदुरपश्चिम संयोजक मदन बहादुर कुवरको भनाई रहेको छ । पुल निर्माणको ढीलाईले गर्दा यस ठाउमा झुलुङ्गे पुलमा मोटर साईकलको जोखीमपुर्ण यात्रा गर्नाले आफुहरु मर्कामा परेको स्थानिय वासी भिम बहादुर कुवरले बताउनु भयो ।
चित्रे देखि मंगलसेन रामारोशन र सेति लोकमार्ग सड्क जोड्ने पक्कि पुल समयमा नबन्दा यस क्षेत्रका हजारौ मानिसहरु मर्कामा परेका छन । पुल निर्माणका बिषयमा जान्कारी लिन खोज्दा सम्बन्धित निर्माण ब्यावसायीलाई भेटन र कुरा जो कोहीलाई कठीन पर्नुका साथै ठेकेदारले फोन समेत उठायका छैन ।
अनक नन्देगडा तुल्क्षि दुर्गा जे.भी. कन्ट्रक्शन ले सात बर्ष अघि निर्माण कार्य थालनी गरेको बुढीगंगा चित्रे पक्कि पुलको निर्माण कार्य हाल बंन्द गरीयको छ । पुल समयमा नबन्दा यस क्षेत्रमा यातायातका साधन सुचारु ह्ुन सकेका छैन भने यहाँका नागरीकलाई सेती लोक मार्ग संग जोडीन समेत कठीन परेको छ ।