रामेछाप । आईएमई नेपाल लोक स्टारका दावेदार रामेछापका रामकुमार नेपाली उत्कृष्ट लोक गीत प्रस्तुत गर्दै टप चार फिनालिमा प्रबेश गरेका छन् । शुक्रबार गरेको प्रस्तुतिको आधारमा रामकुमार नेपाली उत्कृष्ठ चार रहदै फिनालिमा पर्न सफल भएको हो ।

आईएमई नेपाल लोक स्टार रियालिटी शोको इतिहासमा रामकुमार नेपालीले पाँचौ पटक पर्फर अफ द डे बन्नेर आफ्नो कला गलाको परिचय दिइसकेका छन् । तामाकोसी अनलाईनसंगको कुराकानीमा आफु फिनालिष्ट प्रबेश गरेको बताए । उनले भने “टप फो फाइनालिष्ट कन्टेस्टेन्ट हुन् । ”
फिनालिमा फस्टको पुरस्कार ५० लाख, सेकेन्डको २५ लाख, थर्डको १५ लाख र सान्त्वनालाई ५ लाख रहेको आयोजकले जनाएका छन् ।
फिनालिको लागि आज शनिबार १२ बजेदेखि कार्तिक ८ गते १२ बजे सम्म बढि भन्दा बढि भोट गर्न उनले सबैलाई आग्रह गरेका छन् ।
यस्तो छ रामकुमार नेपालीलाई भोट गर्ने तरिका
मोबाइलको म्यासेज बक्समा गएर क्यापिटल L<स्पेश>23 टाईप 37000 मा सेन्ड गर्ने ।
कतारबाट Ooredoo ल्<स्पेस>२३ टाइप गरि 92300 मा सेन्ड गर्ने ।
इन्डियाबाट भोडाफोन, आइडिया र BSNL प्रयोगकर्ताहरुले ल्<स्पेस>२३ टाइप गरि53010 मा सेन्ड गर्ने ।
नेपालको ल्यानलाइनबाट भोट गर्न 166677 डाइल गरि मेरो भोटिङ कोड २३ डायल गर्ने ।
अन्य ठाउबाट IME PAY मार्फत गर्न सकिन्छ ।