काठमाडौं – गीतसंगीतले हाम्रो रहन सहन परिवर्तन गर्दिन्छ । चेतना जगाईदिन्छ । सम्बन्ध मिलईदिन्छ सम्बन्ध छुटाईदिन्छ । हामि कति भाग्यामानी छौ सानो देश भित्र अनेक प्रकारका गीतसंगीत सुन्न पाएका छौ । एक समुदायले अर्को समुदायको परम्परामा हास्न अनि बाच्न पाएका छौ । त्यसैले त् होला हाम्रो नेपालि सांगीतिक क्षेत्रलाई आगाडी बढाउनको लागि बिभिन्न सो हुने गरेका । बिभिन्न जातजाति भाषाभाषी भएता पनि खोला आकाश मुनि हामि हासेर बस्न पाईएको छ ।
पूर्वमा मारुनी भाका घन्कन्छ, पश्चिममा देउडा । उत्तरमा तामाङ सेलो बज्छ, दक्षिणमा मैथली । यी विविध भाका, सुर र ताललाई एकसूत्रमा बाँध्दैछ, नेपाली लोक स्टारले । नेपाली संगीतकै भव्य यो रियलिटी प्रसारण गरेको छ । देशभरबाट लोक गायनमा खारिएका प्रतिभा खोज्ने यस रियलिटी शोमा देख्न सकिन्छ । अब त् लोक स्टारको यो सो पनि अन्तिम चरणमा पुग्न लागि सकेको छ । बिभिन्न सोमा बिभिन्न प्रकारका गित संगीत पस्केका प्रतिस्प्रधिले यसपटक भने दशैँ तिहार विशेष हुदा दशैँ तिहारका गित गाएर लोक स्टारको स्टेज तताएका थिए । दशैँ बिशेष कार्यक्रमा चर्चित गायक तथा दोहोरि गित प्रतिष्ठानका अध्यक्ष बद्रि पंगेनीको उपस्थितिमा कार्यक्रम सुरु भएको थियो ।
कार्यक्रममा दशैँ बिसेष गित गाउदा लोक स्टार मन्चका जर्जलाई समेत भाबुक बनाएका थिए । सोनी विश्वकर्माले कार्यक्रमको पहिलो ढोका खोलेका थिए ।सोनीले “न मुछे आमा दहीमा टिका नछरे जमरा” गित गईरहदा मन्चको आगाडी बसेका जर्ज निकै नै भाबुक देखिएका थिए ।
दोस्रो प्रस्तुतिमा अर्का प्रतिस्प्रधी पबिब्द्र सुनारले आफ्नो प्रस्तुति दिएका थिए । सुनारले “पहेली धानका बाला”दशैँ तिहार सुदूरपश्चिममा गाईने डेउडा गित गाएर मन्चमा झन् सोभा थपेका थिए । सुनेर सवैले मज्जा लिईरहेका थिए । पबिन्द्र पनि निकै नै आशा लाग्दा प्रतिस्प्रधी हुन् ।
तेस्रो प्रस्तुतिमा भने अर्का प्रतिस्प्रधी चेतन गोतामेले दिनु भएको थियो । चेतन गोतामेले “दशैँ तिहार आउदा”गित गाएर आफ्नो प्रस्तुति दिएका थिए । चेतन गोतामे पनि बलियो प्रतिश्प्रधि मानिएका छन् ।
चौथो प्रस्तुतिमा एक अर्का बलियो प्रतिस्प्रधी राम कुमार नेपालीले दिएका थिए । राम कुमार नेपालीका पनि हरेक प्रस्तुति उतिकै चोटिला र दमदार रहेका छन् । यस प्रस्तुतिमा राम कुमार नेपालीले प्रदेसियाका नेपालि दाजुभाईको पिडा गीतमा झल्काएका थिए । घरमा आफ्नी श्रीमतीसँग बार्तालाभ गरेको पनि सुनाएका थिए । लाग्छ हामीलाई नेपाली गीता संगीतका एक नमुना हुन् राम कुमार नेपालि । “यस पालि नि यस्तै भयो निधार यो खालि”काठ क्षेत्रको गित गायका थिए । जुन गित गाउदा आफै नै गाउदा गाउदै भाबुक हुदै स्टेजमा रोएका थिए नेपालीले । स्टेजमै सवै स्तब्ध भएका थिए ।
र अन्तिममा पाचौ प्रस्तुतिमा भने बिनोद दनवारले आफ्नो प्रस्तुति दिएका थिए । दनवार पनि एक अर्का बलिया प्रतिस्प्रधी हुन् । दनवारले “वर्षमा दिनमा लैलै हर्षका दिन लैलै”गित गायका थिए । उनको गीतमा पनि नेपालि पन झल्किने दशैँ तिहार गित गायका थिए लोक स्टारको मन्च झन् रमाईलो अनि भाबुक बनाएका थिए । यस कार्यक्रमा ताकी यस प्रस्तुतिमा IME प्ररफम अफ डे चेतन गोतामेलाई छानेका छन् ।
यस प्रस्तुति सकिए पछी सवैले भोटको अपेक्षा गरेका छन् । भोटिंङको लागि सवैले सवैसंग अपिल गरेका छन् । सो कार्यकर्ममा सवैको उतिकै चोटिलो प्रस्तुति रहेको थियो । तर यस कार्यक्रमा भने जर्ज गायक राम जी खाड भने उपस्थिति भएका थिएनन् । लोक स्टारले मन्चबाट कसलाई बिदाई गर्दैछ त्यो भने हेर्न बाकि छ । तपाई हाम्रै हातमा रहेको छ । जय गित जय संगीत !
हेर्नुहोस यो भिडियो :