संगम र दुर्गेशको ठमेलमा मस्ती,भिडियो सार्वजनिक भएको २४ घण्टा नपुग्दै भाईरल(भिडियो)

  • प्रकाशित मिति: बुधबार, असोज २२ २०७६
  • तामाकोशी

काठमाडौंः नेपाली गीतसंगीतको माहोलमा दिन प्रतिदिन नयाँ नयाँ गित बजारमा आईरहेका छन् । यसै बीच नेपालीहरुको महान चाड दशैँ तथा तिहारको शुभकामना सहित दुर्गेश थापाको देउसी भैलो दशैँ तिहार गित”ह्याप्पी तिहार चिसो बियर ”सार्वजनिक भएको छ ।
दुर्गेश थापाका हरेक गित पछिल्लो समय नयाँ पिडीका युवा वर्गलाई लक्षित गरेर आउने भएकाले छोटो समयमा चर्चाको सिखर चुम्ने गरेका छन् । पछिल्लो समयका युवा पुस्तालाई मध्यानजर गर्दै प्रस्तुत गीतमा रमाइला झलक सहित यो गीतमा देखीएको छ । दुर्गेश थापाको लय तथा दुर्गेश थापा र डिपी खनालको शब्द सृजना भित्र रहेको गितमा दुर्गेश थापाको सुमधुर आवाज रहेको छ ।ठमेलको क्लबमा छायांकन भएको म्युजिक भिडियोलाई नवराज उप्रेतीले छायांकन गरेका हुन् भने बिकास ज्ञावालीले सम्पादन गर्नु भएको छ ।

शिब बिकले निर्देशन गरेको यस म्युजिक भिडियोमा दुर्गेश थापासंगै संगम शर्माको पनि दमदार अभिनय रहेको छ । संगम शर्मा पनि पछिल्लो समय निकै नै चर्चाको सिखरमा चुमेकी मोडल हुन् । शर्माले अभिनय गरेका दर्जनौ गीत बजारमा आएता पनि भगेरी गीतबाट एकाएक चर्चामा आएकी संगम यतिबेला उनका हरेक गित उतिकै चर्चा चुलिएका छन् । यस गीतमा पनि शर्माको उतिकै उत्कृष्ट अभिनय रहेको छ । आशा छ यो गीतबाट पनि शर्मालाई सफलताको खुट्किला पार गराउने छ । यो गीतमा दुर्गेश संगमसंगै रुद्र बोहरा,अर्जुन गौतम र साथीहरुको अभिनय रहेको छ । दुर्गेश थापाको अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको छ । बधाई यो गीतका सम्पूर्ण टिमलाई
हेर्नुहोस यो गित :
https://youtu.be/06xttOM_J_c