मस्कट – ओमानमा जारी पेन्टागुलर टी–२० सिरिजको दोस्रो खेलमा नेदरल्यान्डविरुद्ध नेपालका करण केसी र सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गरेका छन् । करण र सन्दीपले समान ४-४ विकेट लिएका हुन्। सुरुवाती विष्फोटक ब्याटिङ गरेको नेदरल्यान्डले १९।३ ओभरमा सबै विकेट गुमाउँदै १३३ रन बनायो । यससँगै नेपालले १३४ रनको विजय लक्ष्य पाएको छ।
नेपालका लागि ललितनारायण राजवंशीले १ विकेट लिए।
नेदरल्यान्डका लागि म्याक्स ओडडले सर्वाधिक ४३ रन जोडे। उनले ४४ बल खेल्दै ४ चौकाको मद्दतमा ४३ रन जोडेका हुन्। त्यस्तै कोलिन एकरम्यानले २९ रन बनाए।