आइएमइ नेपाल लोक स्टारः रामकुमार नेपाली टप ५ मा (भिडियो सहित)

  • प्रकाशित मिति: शनिबार, असोज १८ २०७६
  • तामाकोशी

रामेछाप ।
मौलिक रियालिटी शो आइएमइ नेपाल लोक स्टारमा रामेछापका रामकुमार नेपालीले उत्कृष्ट ५ मा स्थान बनाउन सफल भएको छ । अरुको भन्दा छुट्टै खालका गितहरु पस्कन माहिर रामकुमार नेपालीले जर्जहरु, दर्शकहरुको मन जितेर उत्कृष्ठ ५ मा स्थान बनाउन सफल भएको हो ।
विहिबारको राउण्डमा उत्कृष्ठ कला प्रस्तुति दिएर सबैभन्दा बढी पाँच पटक पफर्मर अफ द डे बन्न सफल रामकुमार शुक्रबारको बसाईमा पनि आफ्नो मौलिक पहिचान सहितको प्रस्तुती दिएर सिधै सेभ भएको थियो ।

कला र गलामा अरु भन्दा धेरै अब्बल मानिएको रामकुमार नेपालीलाई टाइटलको प्रमुख हकदारको रुपमा हेरिएको छ ।
रामकुमार नेपालीले उत्कृष्ट ५ मा स्थान बनाउन सफल भए संगै देशैभरीका शुभचिन्तकहरुले बधाई तथा शुभकामना दिइरहेका छन् भने बढी भन्दा बढी भोट दिएर टप १ मा ल्याउन सबैलाई आग्रह गरेका छन् ।



                                                                              (भिडियो सहित)