रामेछाप ।
रामेछापका प्रहरी प्रमुख डिएसपी सन्तोष कुमार भट्टराईले चाडपर्वको नाममा प्रहरीचौकी-चौकीमा खसी पुर्याउन जाने प्रयास नगर्न आग्रह गर्नु भएको छ । विगतमा दशैतिहारको नाममा जिल्ला प्रहरी कार्यालयमा खसी पुर्याउने गरेको गुनासोप्रति आक्रोस व्यक्त गर्दै कोहि कसैले प्रहरीलाई खुसि बनाउन खसी ल्याईपुर्याउने प्रयास गर्छ भने म चुनौति दिन्छु त्यो मान्य छैन ।
केहि दिन अगाडी रामेछापको भालुखोपको स्थित साङ्गेल गेष्ट साउसमा दशै खर्च चाहियो भन्दै रामेछापका दुई जना प्रहरी गएको समाचार सार्वजनिक भएको थियो । प्रहरी प्रमुख डिएसपी भटटराईले भने त्यो घटनाको बारेमा आफुलाई तत्काल खबर नगरेको प्रति दुखेको प्रकट गर्नु भयो । उहाँले दशै तिहार मनाउन डबल पैसा राज्यले दिदादिदै सर्वसाधरणलाई पैसा उठाउने जो कोहिलाई नछाड्ने चेतावनी समेत दिनुभयो । उहाँले भन्नुभयो “तपाईहरु कुनै घटना बुझनको लागि दिनमा सात चोटी सम्म फोन गर्नु हुन्छ, तर त्यो केशमा मानौ दुई जना पुलिस पैसा माग्दै थिए भनेर किन नभन्ने ? मैले बाँधेर ल्याउथेनी तत्काल, को हुन त ति प्रहरी, प्रहरी हुनकी होइनन् ?प्रहरी कुनै होटलमा पैसा माग्न जान्छ भने त्यो त लुटेर हो ।”
जिल्ला प्रशासन कार्यालयले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले जिल्ला प्रहरी कार्यालयमा आइसकेपछि एकहप्ता भित्रमा दशौ जना मान्छे आएर खसी पठाइदिन्छु भनेका खुलासा गर्नु भयो।
बाँकी भिडियोबाट……
https://www.youtube.com/watch?v=3ZRMjPj8j4c