काठमाडौ । जन्डिस रोगलाई गाउँ पहेले वा पहेलो रागको नामले पनि चिनिन्छ । जन्डिस रोग लागेपछि मानिसको शरीर प्राय गरेर पहेलो नै देखिन्छ । त्यसैले गर्दा जन्डिसलाई रोग भनिएको पाईन्छ । हाम्रो शरीरको रगतमा जब बिलिरुबिन पर्दाथको मात्रा ०.८ मिलिग्राम प्रति १०० मिलिमिटर भन्दा धेरै हुन्छ तब यो जन्डिस रोग देखिन थाल्छ । जन्डिस कलेजोको खराबीबाट हुन जान्छ । मुख्यतया जन्डिस रोगलाई मुख बार्र्र्नु पर्छ । यदि यस रोगलाई लापर्वाही गरेमा यसले मानिसको ज्यान जान सक्छ ।
जन्डिस रोग भएको कसरी थाहा पाउने
धेरै दिनसम्म ज्वरो आउनु ।
थकान लागेजस्तो हुनु ।
घ्यु तेलमा बनेका परिकार खान मन नलाग्नु ।
चिडचिड पानी आउनु,बिरामीलाई दिक्दारीको महसुस हुनु ।
निन्द्रा नलाग्नु, पेट दुख्नु ।
आँखा छाला, नङ्,छाला पहेलो हुनु ।
जन्डिस लाग्नुका कारणहरु
अनेक प्रकारका संक्रमित जिवाणु भएका पानी अथवा खानेकुरा खानाले ।
पाचन क्रियामा खराबी भएमा ।
पौष्टिक आहारको कमी भएमा ।
धेरै पिरो,मसलाको मात्रा खानेकुरा खानाले ।
अत्याधिक मात्रामा रक्सी पिउनाले ।
संक्रमित व्यक्तिलाई लगाएको सुइले निरोगी व्यक्तिलाई लगाउँनाले ।
जन्डिस ठिक पार्ने उपायहरु
जहिलेसम्म रोग पुर्ण रुपमा निको हुदैन तब सम्म बिरामीले आराम गर्ने ।
सौचालय बाट आएपछि र खाना खानु अघि राम्रोसंग साबुन पानीले हात धुने ।
बिरामीको सामान, कपडा उमालेको पानीले सफा गर्ने ।
व्यायाम गर्ने,बिहान चिसो मौसममा घुम्ने ।
बजारको ठेलामा राखेका खानेकुरा नखाने ।
तरकारी अनि फलफुल सफासंग पखालेर खाने ।
बिरामीलाई कव्जियत हुन नदिने ।
बिरामीको कपडा अनि भाँडाकुडा निरोगी मानिसले नछुने ।
@स्वास्थ्य खबरबाट