रामेछापमा ६ वर्षिय बालिका बला*त्कृतः १७ बर्षे युवा पक्रा*ऊ

  • प्रकाशित मिति: बुधबार, असोज १५ २०७६
  • तामाकोशी

रामेछाप । असोज १५ गते,
६ वर्षिय बालिकालाई बला*त्कार गरेको आरोपमा रामेछाप जिल्लाको दोरम्बा गाउँपालिका वडा नं ५ टोकरपुरका एक युवक प्रक्रा*उ परेका छन् । सोमबार राती जब*र्जस्ती कर*णी गरि भागेका १७ बर्षका ती युवकलाई मंगलबार खाँडादेवी गाउँपालिकाको गाल्पा बजारबाट पक्रा*उ गरिएको जिल्ला प्रह*री कार्यालय रामेछापका प्रमुख डि.एस.पि सन्तोष भट्राईले जानकारी दिए ।
उनले अहिले म्याद थपका लागि अदा*लत बन्द रहेकाले पक्रा*उ पुर्जी स्वीकृत गरि थप अनु*सन्धान गरिरहेको बताए । प्रहरीका अनुसार सोमबार साँझ पिडि*त बालिकालाई मोबाइल दिन्छु भन्दै आफ्नै घरमा बोलाएर ती युवकले बला*त्कार गरेका थिए ।
बला*त्कृत बालिका घरमा अएर रुन थालेपछि आमाले थप बुझ्ने क्रममा पीडित बालिकाले रुँदै घटनाको बिवरण बताएकी थिईन । बालिकालाई बला*त्कार गरेपछि ती युवक भागेको भन्ने सूचना आउनसाथ प्रहरीले सबै नाकाहरुको चेक*जाच कडा पारी खोजी गरेको थियो । परिवारकै सूचनाको आधारमा प्रहरीले उनको खोजतलास गर्दै जाँदा मंगलबार बिहान ११ बजे ती युवकलाई पक्रा*उ गर्न प्रहरी सफल भएको डि.एस.पि भट्राईले बताए ।