रामेछाप, असोज १४ गते ।
रामेछापको मन्थली नगरपालिका वडा नम्बर चार गैराथोकमा दशै विशेष बृहत साँस्कृतिक कार्यक्रम हुने भएको छ । परिबर्तन बाल क्लवको सह-आयोजना तथा गैराथोक युवा क्लवको आयोजनामा उक्त बृहत साँस्कृतिक कार्यक्रम हुने भएको हो ।
राष्ट्रिय स्तरका ख्याति प्राप्त कलाकारहरुको उपस्थितिमा हुने उक्त कार्यक्रमको व्यवस्थापनको काम अन्तिम-अन्तिम चरणमा पुगेको गैराथोक युवा क्लवका अध्यक्ष अनन्त पुलामी मगरले जानकारी दिनुभयो । उहाँले भन्नु भयो “कार्यक्रमको व्यवस्थापन अन्तिम चरणमा पुगिसकेका छन्, आशा छ कार्यक्रम सफलता पुर्वक सम्पन्न हुनेछन्” ।
कार्यक्रममा राष्ट्रिय स्तरका ख्याति प्राप्त कलाकारहरु शिवसागर मगर, हरिबहादुर काफ्ले मगर, कल्पना सुनुवार, नविन पुलामी मगर, तिर्थविरक्त पाख्रिन, रामविपी मगर लगाएत टोलीहरुको व्यजोड साँस्कृतिक प्रस्तुति रहनेछन् । यसैगरी अन्य कलाकारहरुमा दिपक सुनुवार, गोमादेवी खत्री, भोजराज रखाल मगर, यसोधा रखाल मगर लगाएतको पनि विशेष प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ ।
उक्त कार्यक्रम यहि असोज १९ गते महाअष्ठमीको दिन सिद्धेश्वर मावि प्राङ्गण गैराथोक सालुुमा हुनेछ भने कार्यक्रमको सञ्चालन पत्रकार युनिक विफा घिसिङले गर्नेछन् ।

मन्थली न.पा. ४ गैराथोक सालुमा बृहत साँस्कृतिक कार्यक्रम हुदैं
- प्रकाशित मिति: मंगलबार, असोज १४ २०७६
- तामाकोशी