विप्लव कार्यकर्ताद्वारा प्रशासकीय अधिकृत परशुराममाथि कुट*पिट, अबस्था गभ्भीर

  • प्रकाशित मिति: सोमबार, असोज १३ २०७६
  • तामाकोशी

मुगुको सोरु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायमाथि नेत्र विक्रम चन्द‘विप्लव’का कार्यकर्ताले कुट*पिट गरेका छन् । कार्यालय जाने क्रममा तारापानी सिप गाउँमा उपाध्यायलाई चन्द समूहले कुट*पिट गरेका हुन् ।

अहिले घाइते अधिकृतको गमगढीस्थित अस्पतालमा उपचार भइरहेको बताइएको छ । टाउको गम्भीर चोट लागेकोले थप उपचार गर्न हेलिकप्टर मार्फत नेपालगन्ज लैजाने तयारी भइरहेको बताइएको छ । कुट*पिट गर्ने व्यक्तिको खोजी कार्य अघि बढाइएको प्रहरी नायब उपरीक्षक भूवनेश्वरप्रसाद शाहले बताए ।