काठमाडौं । नेपालका लागि नेपाली अभियानले चितवनको भरतपुरस्थित चौबिसकोठीमा आयोजना गरेको कार्यक्रममा भाग लिन गएका भ्रष्टाचार बिरोधी अभियन्ता ज्ञानेन्द्र शाहीमाथी सां*घातिक आ*क्रमण भएसँगै सामाजिक संजाल तात्तिएको छ भने सरकारबिरुद्ध विभिन्न प्रतिक्रियाहरु आइरहेका छन् । सत्तारूढ समाजवादी पार्टी नेपालका अध्यक्ष बाबुराम भट्टराईले पनि लोकतन्त्रवादीले भिन्न मत राख्नेबिरुद्ध यसरी हात धोएर लाग्न नहुने बताएका छन् । बाबुरामले ट्वीट गर्दै भनेका छन् ‘हिजो मण्डलेले लोकतन्त्रवादीलाई पिटे भनेर आज लोकतन्त्रवादीले भिन्न मत राख्नेलाई पिट्न मिल्दैन।
त्यस्तै साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले आक्रमणको निष्पक्ष छानविन गरी दोषीलाई कारबाही गर्न माग गरेका छन् । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले शाहीमाथिको आक्रमण प्रजातन्त्रविरूद्धको प्रहार हो भन्दै शाही माथिको सांघातिक आक्रमणको भत्सर्ना गरेका छन् ।
त्यस्तै हास्यकलाकार मनोज गजुरेलले पनि विरोध जनाएका छन् । शनिबार चितवनको चौविसकोठीमा भएको शाहीमाथिको कुटपिटमा सत्तारुढ दल नेकपाको विद्यार्थी संगठन अनेरास्ववियुका कार्यकर्ताको संलग्नता रहेको आरोप लगाइएको छ । सरकारका अगिविधिप्रति खबरदारी गर्दै आएका शाहीमाथि भएको कुटपिटप्रति कलाकार गजुरेलले विरोध जनाएका हुन् । कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले पनि स्वतन्त्र विचार राख्ने अधिकार हनन् गर्न नपाइने बताएका छन्।