काठमान्डौ, असोज १२ गते ।
प्रतिनिधि सभाका सदस्य एव पुर्वगृहराज्य मन्त्री श्यामकुमार श्रेष्ठले आइएमइ नेपाल लोक स्टारमा प्रतिस्पर्धी रामकुमार नेपालीलाई एक नम्बर बनाउन सवैले सहयोग गर्नु पर्ने बताउनु भएको छ । उहाँले सो कुरा रामेछाप साँस्कृतिक कलाकार समाजद्धारा काठमान्डौमा आयोजित दशैतिहार शुभकामना आदान-प्रदान तथा स्रस्टा सम्मान कार्यक्रममा बोल्नु भएको हो ।
उहाँले भन्नु भयो “रामेछापको रामकुमार नेपाली कला गलामा एक नम्बरमा हुनुहुन्छ अब प्रतियोगिताको एक नम्बर बनाउन हाम्रो जिम्मेवारी हो यसतर्फ सबैलाई सहयोग गर्न आग्रह गर्न चाहन्छु” । आइएमइ नेपाल लोक स्टारमा सहभागि भएर रामकुमार नेपालीले रामेछापलाई देश तथा विदेशमा चिनाउने काम गरेको उहाँले दावी गर्नु भयो ।
पुर्वगृहराज्यमन्त्री श्रेष्ठले रामेछाप साँस्कृतिक कलाकार समाजको भवन निर्माण गर्न आफ्नो साम्सदकोषको रकमबाट कार्यविधिले दिए बमोजिम सहयोग गर्ने बताउनु भएको छ । “साम्सद कोषमा रहेको ६ करोड रकम विनियोजन गर्ने बेलामा कार्यविधिले दिए बमोजिम सहयोग गर्न तयार छु तपाईहरु भवनको डिपिआर गर्ने योजना बनाउनुस्” उहाँ भन्नु भयो ।
“नयाँलाई प्रोत्साहन पुरानालाई सम्मानः कलाकारिताको उत्थानका लागि हाम्रो अभियान” भन्ने नाराको साथ आयोजना भएको कार्यक्रममा विभिन्न विद्यामा योगदान पुर्याएका १० जना ब्यक्तित्वहरुलाई सम्मान गरिएको समाजका अध्यक्ष रामकुमार पौडेलले जानकारी दिनुभयो । सम्मानित हुनेहरुमा बरिष्ठ पत्रकार बद्रि नयाँघरे, तत्कालिन राजपरिषद सदस्य एबं संविधानसभा सदस्य दालकुमारी सुनुवार, व्रिटिस आर्मीका भूपू लेफ्टिनेन्ट एवं समाजसेवी मान बहादुर सुनुवार, रामेछाप सास्कृतिक कलाकार समाजका निवर्तमान अध्यक्ष तथा संरक्षक प्रकाश कटुवाल रहेका छन् । यसैगरी कानून मन्त्रालयका उपसचिब रामप्यारी सुनुवार, वरिष्ठ सेलो गायक एवं संगितकार चन्द्रकुमार दोङ, बरिष्ठ लोक गायिका शर्मिला गुरुङ, लोक गायक तथा सर्जक शिव हमाल, लोक तथा सुगम संगीत गायिका स्मृती शाही र कौडा तथा सालैजो गीतकार दीप सागर मगरलाई पनि दोसल्ला ओडाएर सम्मान गरेको छ ।




लोक स्टारमा रामकुमार नेपालीलाई एक नम्बर बनाउन सबै लागौंः श्यामकुमार श्रेष्ठ
- प्रकाशित मिति: आइतबार, असोज १२ २०७६
- तामाकोशी