काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान) को निर्वाचनमा चतुरबहादुर चन्दको प्यानल विजयी भएको छ। शनिबार राजधानीमा भएको १७ सदस्यीय समितिको निर्वाचनमा पूर्वअध्यक्ष विनयराज पाण्डेको प्यानललाई चन्दको नेतृत्वमा रहेको प्यानलले पराजित गरेको हो।
चन्दको प्यानलले जित हात पारे पनि आधिकारिक घोषणा गर्न भने बाँकी छ। अध्यक्षमा निर्वाचित चन्दले ४५ र पराजित पाण्डेले १५ मत प्राप्त गरे। निर्वाचनमा ३९ जिल्ला प्रतिनिधि र २० प्रदेश प्रतिनिधि गरी ५९ मतदाता रहेका थिए। आईसीसीको निलम्बन फुकुवाका लागि निर्वाचनलाई महत्वपूर्ण ठानिएको छ। क्यानलाई ३ वर्षदेखि आईसीसीले निलम्बन गरेको छ।


विनयराज पाण्डेको प्यानललाई पराजित पार्दै ,क्यानको निर्वाचनमा चतुरबहादुरको प्यानल विजयी
- प्रकाशित मिति: आइतबार, असोज १२ २०७६
- तामाकोशी