एनआरएनए अमेरिकाले बिशेष साधारण सभा बोलाउने माँग सहित हस्ताक्षर संकलन सुरु

  • प्रकाशित मिति: शुक्रबार, असोज १० २०७६
  • तामाकोशी

आगामी अक्टोवर १५ देखि १७ सम्म काठमाडौंमा गैर आवासीय नेपाली संघको नवौं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय अधिवेशन नजिकिदै जाँदा गैर आवासीय नेपाली संघ अमेरिकाको बिशेष साधारण सभा बोलाउने माँग गरिएको छ ।

गैर आवासीय नेपाली संघमा लामो समय देखि संलग्न हुदै आएका र संघका कुराहरु राम्रो संग बुझेका सामाजिक अभियन्ता न्यूयोर्क निवासी रबिन बज्राचार्यले बिशेष साधारण सभा बोलाउन सामाजिक संजाल मुहार पुस्तिका मार्फत सबैलाई जानकारी गराएका छन् ।



बज्राचार्यले एनआरएनए अमेरिकाले गर्दै आएको नाङ्गो नाचलेसम्पूर्ण एनआरएन समुदायलाई लज्जित तुल्याएको उल्लेख गरेका छन् । यसको अतिरिक्त उनले न त निर्वाचन पूर्ण परिणाम नै बाहिर ल्याएको छ न त सदस्यहरुले सोधेको जायज प्रश्नहरुनै जिम्मेदवार पूर्ण ढंगले जवाफ दिएको आरोप लगाएका छन् ।

उनले अगाडी भनेका छन् ,एनआरएनए अमेरिकाको बिधान २०१८ को धारा ९० ले बिशेष साधारण सभाको ब्यवस्था गरेको छ। जसअनुसार बिशेष साधारण सभा बोलाउन ३०० साधारण सदस्यहरुको हस्तार अनिवार्य हुन्छ भन्दै सबैलाई साथ दिन आव्हान गरेका छन् ।
साथै उनि सेप्टेम्बर २६ कै दिन न्यू योर्क स्थित सत्य नारायण मन्दिर जहाँ नेपालीहरुको जमघट हुने चौतारी भएकोले साँझ ७ बजे देखि नै उपस्थिति भै हस्तान्तरण गर्ने आब्हान सहित हस्ताक्षर सुरु भएको छ । अहिले सम्म ६० जनाले हस्ताक्षर गरिएको जानकारी रबिन बज्राचार्यले ईनेप्लिजलाई बताए ।

उनले आगामी सेप्टेम्बर ३० मा सिकागोमा हस्ताक्षर संकलन गर्न जाने बताएका छन् । न्यू योर्क र शिकागोमा हस्ताक्षर पर्याप्त नभएमा। बोस्टन, बाल्टिमोर र डिसी मेट्रो एरियामा हस्ताक्षर संकलन गर्न घर दैलो गर्ने समेत उल्लेख गरेका छन् । उनले हस्ताक्षर गर्ने फारम पनि उपलब्ध गराउदै चाहिनेले लिनु भनि आग्रह गरेका छन् ।
उनको सामाजिक संजालमा बिशेष साधारण सभा बोलाउने बारे पूर्ण पाठ जस्ताको त्यस्तै :

बिशेष साधारण सभा बोलाउने बारे,

आदरणिय एन आर एन ए प्रेमी साथीहरुमा सादर नमस्कार,

साथीहरु हालको एन आर एन ए अमेरिकाले गर्दै आएको नांगो नाचले हामी सम्पूर्ण एन आर एन समुदायलाई नै लज्जित तुल्याएको छ। न त निर्वाचन को पूर्ण परिणाम नै बाहिर ल्याएको छ न त सदस्यहरुले सोधेको जायज प्रश्नहरुनै जिम्मेदवार पूर्ण ढंगले जवाफ दिइएको छ।

गोरुलाई नांगै हिंड्दा पक्कै पनि लाज लाग्दैन, भन्दैमा छाडा गोरुलाई पक्कै पनि छाडा छोड्न सकिंदैन। एनआरएनए हामी सबैको साझा संगठन हो र यसको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।

तसर्थ साथी हो, अहिले एनआरए ए अमेरिकामा हुॅदै आएको कार्यहरुको कानुनी रुपमा जवाफ माग्ने बेला आएको छ। एनआरएनए अमेरिकाको बिधान २०१८ को धारा ९० ले बिशेष साधारण सभाको ब्यवस्था गरेको छ। जस अनुसार बिशेष साधारण सभा बोलाउन ३०० साधारण सदस्यहरुको हस्तार अनिवार्य हुन्छ।

साथीहरु, बिशेष साधारण सभा बोलाउन चाहिने ३०० हस्ताक्षर संकलन अभियान आजै बाट शुरु भएको घोषणा गर्दछु। तसर्थ साथीहरु तपाईहरु पनि आजैबाट हस्ताक्षर संकलन अभियानमा संग्लग्न भएर एनआरएनलाई हाम्रो र राम्रो बनाउन सहयोग गर्नु होस।

आज राति ७ बजे म सत्यनारायण मन्दिरमा हस्ताक्षर संकलन गरन उपस्थित हुनेछु।

त्यसैगरि सेप्टेम्बर ३० मा म सिकागोमा हस्ताक्षर संकलन गर्न आउॅदैछु।

यि दुई ठाउॅबाट पर्याप्त रुपमा हस्ताक्षर संकलन नभएमा म बोस्टन, बाल्टिमोर र डिसी मेट्रो एरियामा हस्ताक्षर संकलन गर्न तपाईहरुको घर दैलोमा पुग्नेछु।

धन्यवाद !
जय एनआरएन