मदिराले मातिएका यिनै हुन् मालपोत प्रमुख,यतिसम्म गरे अफिस भित्रै तमासा<हेर्नुहोस(भिडियो)

  • प्रकाशित मिति: शुक्रबार, असोज १० २०७६
  • तामाकोशी

जनकपुर– महोत्तरीस्थित भुमिसुधार तथा मालपोत कार्यालयका प्रमुख मदिरा सेवन गरेर कार्यालय आएपछि प्रहरीले नियन्त्रणमा लिएको छ । मालपोत कार्यलयका प्रमुख मदिरा सेवन गरेर कार्यलयमा पुगेपछि सेवाग्राहीले हो–हल्ला गरेका थिए । कार्यालय समयमा अत्याधिक मदिरा सेवन गरेर लठिठएका मातेका मालपोत कार्यालयका प्रमुख भुपबहादुर बोगटीलाई प्रहरीले बिहीबार नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको प्रहरी टोलीले मालपोत प्रमुख बोगटीलाई नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए ।