काठमान्डौ, असोज १० गते ।
रामेछाप साँस्कृतिक कलाकार समाजले श्रृष्टा सम्मान तथा बृहत साँस्कृतिक कार्यक्रम गर्ने भएको छ । “रामेछापको शान, कला र संस्कृति हाम्रो पहिचान, पर्यटन प्रबद्र्धनका लागि हाम्रो अभियान” नारा सहित उक्त कार्यक्रम गर्न लागिएको हो ।
दशै तिहारको अबसरमा शुभकामना आदान प्रदान सहित श्रृष्टा सम्मान तथा बृहत साँस्कृतिक कार्यक्रमको आयोजना गर्ने समाजका अध्यक्ष रामकुमार पौडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार उक्त कार्यक्रम यहि असोज ११ गते शनिबार क्वालिटी फुड क्याफे सामाखुसी काठमान्डौमा पुर्व गृहराज्यमन्त्री श्यामकुमार श्रेष्ठ कुशलको प्रमुख अतिथ्यतामा हुनेछन् ।
शनिबार हुने कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको बरिष्ठ उपाध्यक्ष कुमार कार्कीले तामाकोसी अनलाइनलाई जानकारी दिनुभयो । उहाँले भन्नु भयो “काठमान्डौमा हुने कार्यक्रमको सम्पुर्ण तयारी पुरा भयो शनिबार कार्यक्रम भव्य हुनेछ” ।
विभिन्न विद्याहरुमा अतुलनिय योगदान पुर्याउनु हुने १० जना व्यक्तित्वहरुलाई सम्मान गर्ने आयोजकको तयारी रहेको छ ।

रामेछाप साँस्कृतिक कलाकार समाजद्धारा शनिबार श्रष्टा सम्मान कार्यक्रम गर्दै
- प्रकाशित मिति: शुक्रबार, असोज १० २०७६
- तामाकोशी