“भगेरी”गितबाट एकाएक चर्चामा आएकी संगम शर्माको अभिनयमा बाहिरियो यस्तो म्युजिक भिडियो

  • प्रकाशित मिति: बुधबार, असोज ८ २०७६
  • तामाकोशी

काठमाडौँ:नेपालि हिन्दुहरुको महान चाड बिजया दशमी तथा दिपावलीको शुभकामना सहित एस.एस डिजिटलको प्रस्तुति प्रतीक्षा वाग्लेको दशैं गीत”दशैँ मान्न आउदै छु घर” सार्बजनिक भएको छ ।
सन्तोष केसी र प्रतिक्षा वाग्लेको स्वरमा रहेको दशैं गीतमा शब्द र संगीत सन्तोष केसीको रहेको छ । प्रकाश भट्टले निर्देशन गरेको भिडियोलाइ राजेश घिमिरेले छायांकन गरेका हुन् भने बिष्णु शर्माले सम्पादन गरेका छन् । यस म्युजिक भिडियोमा संगम शर्मा र उज्ज्वल गिरिको दमदार अभिनय रहेको छ भने भिडियो सन्तोष केसीको अफिसियल युट्युब च्यानलबाट सार्बजनिक गरिएको हो । संगम शर्मा पछील्लो समय नेपालि गीतसंगीतमा चम्केको नाम हो । दर्जनौ भिडियोमा अभिनय गरिसकेकी संगम शर्माका केहि म्युजिक भिडियो आउने क्रममा रहेका छन् । बधाई अनि शुभकामना यस गीतका सम्पूर्ण टिमलाई !!
हेर्नुहोस भिडियो :
https://youtu.be/w9aW2n7DqdY