रामेछाप, असोज ३ गते ।
देशैभरी डेंगुको संक्रमित विरामीहरुको संख्या बृदि हुदै गएको विभिन्न तथ्यांकले देखाएका छन् । सञ्चार माध्यमहरुले प्रकाशन तथा प्रशारण गरेको समाचार अनुसार डेंगुको विरामी संख्या बढ्दै गएको हो ।
काठमाण्डौका विभिन्न अस्पतालमा रामेछाप स्थाई घर भएका ११ जनामा डेंगुको संक्रमण भेटिएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । स्वास्थ्य कार्यालय रामेछापले आयोजना गरेको डेंगु ज्वरो नियन्त्रण सम्बन्धी चेतनामुलक कार्यक्रममा स्वास्थ्य कार्यालय रामेछापकी प्रमुख विद्या खनालले संक्रमणबारे जानकारी दिएकी हुन् ।
उनले काठमाडौंस्थित बालमैत्री अस्पताल महाराजगञ्ज , शुक्रराज ट्रफिकल तथा सरुवा रोग अस्पताल टेकु लगाएतका अस्पतालहरुमा स्वास्थ्य परिक्षणका क्रममा डेंगु संक्रमण देखिएको बताइन् । उनले डेँगु रोगका लामखुट्टे सफा र स्थिर पानीमा बस्ने भएकोले त्यस्ता ठाउँहरूलाई पहिचान गरी नष्ट गर्नुपर्ने बताइन् । घर वरपर फालिएको खाली बोतल, गाडी तथा मोटरसाइकलका टायर, कुलर, गमलाजस्ता ठाउँहरूमा पानी जम्न नदिनु नै डेंगुबाट बच्न सकिने उपाय भएको उनको भनाई छ ।
उनले ६२ जिल्लामा फैलिएको डेंगु रोगको संक्रमण रामेछाप जिल्लाका पनि ११ जनामा देखिएकाले सावधानी अपनाउन जिल्लावासीलाई अनुरोध गरिन् । डेंगु कस्तो रोग हो र यसले रामेछाप जिल्ला लगाएत देशैभरी पारेको प्रभाव कस्तो छ र कसरी साबधानी अपनाउन सकिन्छ ? बाँकी विवरण भिडियोबाट……..
दिनानुदिन डेंगु विरामी बढ्दैः रामेछापको पछिल्लो अबस्था कस्तो छ ? (विवरण सहित)
- प्रकाशित मिति: शुक्रबार, असोज ३ २०७६
- तामाकोशी