मैले एक रुपैयाँ खाकोप्रमाण ल्याउनुहोस बर्दी फुकाल्छु :- टेकप्रसाद राई

  • प्रकाशित मिति: शुक्रबार, असोज ३ २०७६
  • तामाकोशी

काठमाण्डौ , असोज ३ , ललितपुर प्रहरी प्रमुख भएर आएको एक सातापछि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) टेकप्रसाद राईले पत्रकार बोलाएर योजना सार्वजनिक गरे ।
ललितपुरका विभिन्न क्षेत्रमा रहेको ढुंगा खानी प्रहरीकै संरक्षणमा निर्बाधरुपमा चलिरहेकादेखि समाचार लेख्दा सञ्चारकर्मीलाई धम्क्याइएकोसम्मका विषय अन्तरक्रियाका क्रममा उठे ।
राईले भने, ‘ २४ वर्षको करियरमा मैले कसैको एक रुपैयाँ पनि खाएको छ भने बर्दी फुकालिदिन्छु ।’ उनले इञ्चार्ज हुनुको नाताले राम्रो र नराम्रो दुबै कामको जिम्मेवारी लिने पनि बताए ।

कतिपय सर्वसाधारणले प्रहरी कार्यालयबाट सेवा लिएको पैसा लाग्दैन भन्ने थाहा नहुँदा पनि अनावश्यक रुपमा प्रलोभनमा दिने वा लिइने गरिएको बताए ।‘प्रहरी कार्यालयमा कुनै कामको पैसा लाग्दैन’, उनले भने, ‘जाहेरी लिने बेला पनि बाहिर बस्नेले त्यसवापत कम्तिमा सय रुपैयाँ लिने गरेका छन् । त्यसलाई हटाउन नमूना फारम प्रहरीले नै टाइप गरेर निकाल्नेछ ।’
‘हिजो के भयो, त्यतातिर नजाऊ । अब पुलिसको काम सुरक्षा दिने हो’, ‘कानूनविपरीत गतिविधिलाई प्रहरीले आफ्नो अधिकार प्रयोग गरेर कारबाहीको दायरामा ल्याउँछ ।’
०५१ सालमा प्रहरी सेवामा प्रवेश गरेका उनको अधिकांश समय ‘इन्टलिजेन्स’ शाखामा वितेको छ ।
विशेष प्रकृतिको अनुसन्धानमा खटिने स्पेसल ब्युरोमा लामो समय काम गरेको अनुभव उनीसँग छ ।
एसपी हुँदा बाँके प्रहरीको कमाण्ड गरेका र ३ पटक संयुक्त राष्ट्र संघको शान्ति मिसनमा काम गरेका छन् । उनले ‘एफबीआई ग्राजुएट’ र आमसञ्चार तथा पत्रकारिता विषयमा स्नातकोत्तर गरेका छन् ।