जिग्री र पाँडेको नयाँ कमेडी सिरियल ‘सक्किगोनि’ आयो युटुबमा, हेर्नुहोस भिडियो

  • प्रकाशित मिति: शुक्रबार, असोज ३ २०७६
  • तामाकोशी

काठमाडौं – अर्जुन घिमिरे पाडेँ र कुमार कट्टेल जिग्रीको नयाँ कमेडी सिरियल ‘सक्किगोनि’ बिहिबारबाट प्रशारणमा आएको छ । भद्रगोलबाट बाहिरिएपछी अर्जुन घिमिरे पाडेँ र कुमार कट्टेल जिग्रीको पुरानो टिमले नै नयाँ सिरियलको सुरु गरेका हुन् । नयाँ कमेडी सिरियल ‘सक्किगोनि’ अब देखी हरेक बिहिबार नेपाल टेलिभिजनमा रातीको ८ : ५० बजे आउनेछ ।

साथै युटुबमा ओएसआर डिजिटल युटुब च्यानलबाट पनि आउनेछ । नयाँ कमेडी सिरियल ‘सक्किगोनि’ मा अर्जुन घिमिरे पाडेँ र कुमार कट्टेल जिग्रीकै निर्देशन रहेको छ । नयाँ हाँस्य टेलिसिरिलमा जिग्री र पाँडे, सागर लम्साल बले, हरि घिमिरे कक्रोज लगायतका कलाकारहरुको अभिनय रहेको छ ।