रोनाल्डोले भने प्रेमीकासँगको यौन सम्बन्ध उत्कृष्ट गोलभन्दा पनि उत्तम

  • प्रकाशित मिति: बिहिबार, असोज २ २०७६
  • तामाकोशी

काठमाडौं-फुटबलका सर्वश्रेष्ठ खेलाडी क्रिस्टियानो रोनाल्डाले आफुले गरेको उत्कृष्ट गोल भन्दापनि आफ्नी प्रेमिकासँगको यौन उत्कृष्ट भएको बताएका छन् । हालै वेलायतका चर्चित टिभी संचालक पियर्स मोर्गाको कार्यक्रममा बोल्दै रोनाल्डाले आफुले च्याम्पियन्स लिगमा वर्तमान टोली युभेन्ट्सविरुद्ध गरेको उत्कृष्ट ओभर हेड गोल भन्दा आफ्नी प्रेमिका जोर्जियाना रोड्रिग्वेजसँगको यौन सम्बन्ध उत्तम भएको बताएका हुन् ।
सन् २०१६ देखि २५ वर्षकी जोर्जियाना रोड्रिग्वेजसँग प्रेम सम्बन्धमा रहेका रोनाल्डो जोर्जियानासँग लिभिङ टुगेदरमा बस्दै आइरहेका छन् । सन् २०१७ मा उनीहरुको सन्तानको रुपमा छोरीको जन्म भएको थियो । तर उनीहरुको विवाह भने नभएको द सनले जनाएको छ ।

यो पनि पढ्नुहोस : आठ पटक सम्म बालोन डी’ओर जित्ने रोनाल्डोको लक्ष्य !



एजेन्सी – क्रिस्टियानो रोनाल्डोले आफुले समग्रमा आठ पटक बालोन डी ओर जित्ने लक्ष्य राखेको बताएका छन् । चिर प्रतिद्वन्द्वी लियोनल मेस्सीलाई पछि पार्दै विश्वको उत्कृष्ट खेलाडी बन्नका लागि आफुले लक्ष्य राखेको उनले बताएका छन् ।

रोनाल्डो र मेस्सी दुवैको नाममा अहिले सामान ५ वटा बालोन डी ओर उपाधि छ । पछिल्लो एक दशक भन्दा लामो समयदेखि यी दुईबीच विश्वको उत्कृष्ट खेलाडीको दौड चलिरहेको छ । रोनाल्डोले अन्तवार्ताका क्रममा उनले आफु अझै व्यक्तिगत अवार्डको हकदार रहेको बताएका छन् ।सन्यास लिनुअघिको लक्ष्यका बारेमा सोधिएको प्रश्नको जवाफमा ३४ वर्षे रोनाल्डोले भने, ‘विश्व फुटबलको इतिहासमा सबैभन्दा बढी गोल्डेन बल जित्ने लक्ष्य छ । मलाई यो मन पर्छ , मलाई लाग्छ म हकदार पनि छु । मेस्सी उत्कृष्ट मान्छे र खेलाडी हुन् । तर मलाई लाग्छ मसँग छ वटा, सात वटा अथावा आठ वटा वा त्यो भन्दा बढी हुनुपर्दछ ।’
उनले मैदान बाहिर मेस्सी र आफुबीचको सम्बन्ध नरहेको उल्लेख गर्दै भने, ‘हामी घरेलु साथी होइनौं । तर, १५ वर्षयता हामी सँगै मैदानमा छौं । हाम्राबीचमा ठिकैको सम्बन्ध छ । उनले लाई उत्कृष्ट खेलाडी बन्न र मैले उनलाई उत्कृष्ट खेलाडी बन्न दबाब दिइरहेका छौं ।’ फुटबल इतिहासमा महान खेलाडीका विषयमा चर्चा गर्दा रोनाल्डोले आफु त्यो सुचिमा रहि सकेको दाबी गरे ।

‘मन पराउने नपराउने मेरो नियन्त्रणमा हुनु कुरा भएन । कतिले म पराउलान कतिले मन नपराउलान्,’ उनले भने, ‘मेरो नाममा थुप्रै इतिहास छ । मलाई थाहा छ भ पनि फुटबल इतिहासको एउटा उत्कृष्ट खेलाडी हो । ‘ युभेन्ट्सका सुपर स्टारले आफु विश्वकै नम्बर एक खेलाडी चाहेको पनि प्रष्ट पारे । ठट्टा गर्दै भने, ‘नम्बर सात भनेको नम्बर वान हो ।’एजेन्सी