हेमन्त कान्छा र पुर्णिमा बिसीको अभिनय डी.आर सुजनको निर्देशनमा बनेको “म्याग्दी काली पुल सँगै तरौला”को चर्चा

  • प्रकाशित मिति: आइतबार, भाद्र २९ २०७६
  • तामाकोशी

काठमाडौं / नेपालीहरुको माहान चाड दसैँ तथा तिहारको शुभकामना सहित गायक तथा सर्जक सारङ्गी बाधक हेमन्त कान्छा रसाइलीको स्वरमा नयाँ गीत “म्याग्दी काली पुल सँगै तरौला” सार्वजनिक भएको छ । गीतकार सपना रसाइलीको उत्कृष्ट शब्द संयोजनमा गायक हेमन्त कान्छाले संगीत भरेका हुन् । निकै नै मेहनतका साथ तयार पारिएको भिडियोलाई डि.आर सुजनले निर्देशन गरेका हुन् भने, जितु तामाङले खिचेको भिडियो रमेश बिक रसाइलीले सम्पादन गरेका हुन् ।

भिडियो भित्र पुर्णिमा बिसी र हेमन्त कान्छा लगायत अन्य कलाकारको उत्कृष्ट अभिनय देख्न सकिन्छ । गरिबी र अभावले परदेशी बन्नु पर्ने गाउँघरको कथा ब्यथालाई जस्ताको तस्तै प्रस्तुत गरिएको छ । सँगै उकाली ओराली गर्ने वाचाकसम खाएका जीवन साथीलाई चटक्क छाडेर बाध्यताले परदेशी हुनु पर्दाको वियोगान्त क्षणले सबैको मन छुनेछ । सफलताको शुभकामना ।