काठमाडौं-रामारोशन गाउँपालिका अध्यक्ष झँकर साउदमाथी अाक्रमणको प्रयास भएको छ । गाउपालिका कार्यालय संगै जोडिएको निवाशमा रहनु भएका साउदमाथी अाक्रमणको प्रयास भएको हो । स्थानीयका अनुसार साउदलाई लक्षीत गरि गोली समेत प्रहार भएको थियो ।
अज्ञात समुहले चलाएको गोलीले कुनै पनि मानविय क्षेती नभएको घटनास्थलमा रहनु भएका डम्वर स्वारले बताउनुभयो । साउदमाथी लक्षीत गरि गोली प्रहार गर्ने समुहको खोजी भईरहेको छ । ३ जनाको समुहले उनीमाथी अाक्रमणको प्रयास गरेको काँग्रेस नेता डम्वर स्वारले बताउनुभयो । रामारोसन टुडेबाट साभार गरिएको हो ।